एमाले काभ्रेको अध्यक्षमा राजन भुर्तेल विजयी, कसकाे कति मत ?

दर्पण दैनिक ३१ जेष्ठ २०८१,०७:१३
post

काठमाडाैं । एमाले काभ्रेको १३औं अधिवेशनबाट अध्यक्षमा राजन भुर्तेल विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी चन्द्रबहादुर लामालाई ८१ मतान्तरले हराउँदै भुर्तेल अध्यक्षमा विजयी भएका हुन् ।  अध्यक्ष पदका लागि राजनले ३८० मत र चन्द्रले २९९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार, उपाध्यक्ष पदमा देव सागर लामा, सचिवमा राजकुमार सापकोटा, उपसचिवमा रत्नकुश रंजितकार, उपसचिव महिलातर्फ सूर्यमाया दनुवार निर्वाचित भएका छन् । निर्वाचनमा ६७९ मत खसेको थियो ।

कस्को मत कति ?

अध्यक्ष
१. राजन : ३८० बिजयी
२. चन्द्र लामा: २९९

उपाध्यक्ष
१. आत्माराम थापा: २०८
२. देवसागर लामा: ४७१ बिजयी

सचिव
१. राजकुमार सापकोटा: ४४४ बिजयी
२. होम प्रसाद चौलागाई: २३५

उप-सचिव (महिला)
१. पबित्रा भुर्तेल: २३८
२. शान्ता न्यौपाने: ८०
३. सुर्यमाया दनुवार: ३६१ बिजयी

उप सचिव (खुल्ला)
१. पुरुषोत्तम अधिकारी: १५३
२. रत्नकुश रञ्जितकार: ३२४ बिजयी
३. हरीकुमार मैनाली : २०२


 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: