हेटौंडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आइतबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । उच्च आर्थिक वृद्धि, सामाजिक न्याय तथा वातावरण संरक्षणको माध्यमबाट प्रदेशको समृद्धि र दिगो विकासमा जोड दिइने प्रदेश सरकारले नीति ल्याएको छ ।
आर्थिक, सामाजिक, सांस्कृतिक रूपमा सीमान्तकृत (वनकरिया, चेपाङ, थामी, जिरेल, माझी, हायु, दनुवार, सुरेल, बोटे लगायत) महिलाको सशक्तीकरणका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ उल्लेख छ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सशक्तीकरणको लागि विशेष जोड दिइनेछ नीति समेत प्रदेश सरकारले ल्याएको छ।
नीति तथा कार्यक्रमको पूर्णपाठ
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google