पालुङटारको नीति तथा कार्यक्रम : कृषकको हात, स्थानीय सरकारको साथ

दर्पण दैनिक ३ असार २०८२,१७:१६
post

गोरखा । गोरखाको पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८२ / ०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक आज गरेको छ । १७ औँ नगर सभामा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी र समावेशी शासन प्रणालीलाई प्राथमिकतामा राख्दै नगर प्रमुख विवश चिन्तनले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । ‘कृषकको हात, स्थानीय सरकारको साथ ’ भन्ने मूल नारासहित सुशासन, समावेशीता र स्थानीय सशक्तीकरणमा केन्द्रित योजनाहरू सार्वजनिक गरेका हुन् । यस वर्षको नीति तथा कार्यक्रममा पालुङटारले स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यसहित कृषि क्षेत्रमा विशेष प्राथमिकता दिएको छ । स्थानीय बीउको प्रवर्द्धन, अर्ग्यानिक खेती, यान्त्रिकीकरण, सिँचाइ विस्तार, मल र बीउको अनुदान, बाख्रापालन, दुग्ध उत्पादनमा प्रोत्साहनसहितको कार्यक्रमले कृषकहरूको जीवनस्तर उकास्ने अपेक्षा गरिएको छ । चिस्यान केन्द्र र दूध संकलन केन्द्र निर्माण, हाटबजार विस्तार र कृषक परिचयपत्र प्रणाली लागू गरेर उत्पादन, बजारीकरण र कृषक पहिचानलाई संस्थागत बनाउने नीति लिइएको छ । साथै, पालुङटारलाई पूर्ण खोपयुक्त नगरपालिका बनाउने लक्ष्यसहित पशुपन्छी खोप कार्यक्रमलाई प्रभावकारी रूपमा अगाडि बढाइने छ ।

यस्तै, रोजगारी र उद्यम प्रवर्द्धनको क्षेत्रमा नगरपालिकाले लघु उद्यमशीलता, घरेलु उद्योग र सीपमूलक तालिमलाई प्राथमिकतामा राखेको छ । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्थानीय उद्यममा संलग्न गराउने नीति बनाइएको छ, भने तालिम, उपकरण खरिद र बजार विस्तारमा अनुदान व्यवस्था गरिने उल्लेख छ । दलित, महिला र सीमान्तकृत समुदायका लागि कोसेली घर स्थापना गरेर परम्परागत सीप र स्थानीय उत्पादनको व्यावसायिक उपयोग गरिने छ । त्यसैगरी, पर्यटन क्षेत्रको समृद्धिलाई विकासको मेरुदण्ड मानेर पालुङटारले ऐतिहासिक, धार्मिक र प्राकृतिक सम्पदाको संरक्षण, प्रचार प्रसार र पूर्वाधार विकासलाई एकसाथ अघि बढाउने योजना बनाएको छ । लिगलिगकोट, मिरकोटगढी, तातोपानीजस्ता स्थलहरूको प्रवर्द्धन, पदमार्ग निर्माण, होमस्टे सञ्चालन, पर्यटक सूचना केन्द्र स्थापना र पुराना घरलाई मौलिक शैलीमा पुनर्निर्माण गर्न नक्सा पासमा सहुलियत दिने कार्यक्रमले पर्यटनमैत्री वातावरण सृजना गर्ने छ । यसैगरी, शिक्षा क्षेत्रमा गुणस्तरीयता, पहुँच र समावेशितालाई ध्यान दिँदै नगरस्तरीय परीक्षा, शिक्षक मूल्यांकन प्रणाली, बालमैत्री विद्यालय अभियान, छात्रवृत्ति व्यवस्थापन र विद्यालय व्यवस्थापन समितिको क्षमता विकासमा जोड दिइएको छ । 

जलवायु परिवर्तनप्रति सचेतना फैलाउन ‘ भविष्यका लागि शुक्रबार ’ अभियान शुरु गरिँदै छ, जसअन्तर्गत प्रत्येक शुक्रवार विद्यालयमा वातावरणीय शिक्षा दिइने छ। डिजिटल सिकाइ, पोषणयुक्त खाजा, अपाङ्ग बालबालिकाका लागि विशेष कार्यक्रम र विद्यालय स्तरीय प्रतियोगिता पनि नीति अन्तर्गत समेटिएका छन् । त्यस्तै, स्वास्थ्य क्षेत्रमा पालुङटारले ‘ झोलामा प्रयोगशाला ’ कार्यक्रम ल्याएर वृद्ध वृद्धाका लागि घरमै स्वास्थ्य सेवा पुर्‍याउने योजना बनाएको छ । गर्भवती महिला, सुत्केरी र शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै पोषण, औषधि, मानसिक स्वास्थ्य सेवा, प्राथमिक उपचार केन्द्रहरूको स्तरोन्नति र मोबाइल स्वास्थ्य इकाई सञ्जाल विस्तार गरिने निति तथा कार्यक्रममा उल्लेख छ । यस्तै, पालुङटारलाई स्वास्थ्यमैत्री नगरपालिका बनाउने दीर्घकालीन लक्ष्य पनि नीतिमा स्पष्ट उल्लेख गरिएको छ । पर्यावरण संरक्षणका क्षेत्रमा ‘ एक घर, एक धारो ’ अभियान, प्लास्टिकमुक्त नगरपालिका घोषणा, जैविक फोहोर प्रशोधन केन्द्र स्थापना, फोहोरबाट मल, ग्यास, ऊर्जा उत्पादन र टोलस्तरीय समुदाय सशक्तीकरणलाई कार्यान्वयनमा लैजाने तयारी गरिएको छ । सार्वजनिक स्थलहरूमा शौचालय, धारो र प्रतीक्षालय निर्माण गरिने छ, भने फोहोर व्यवस्थापनमा ‘ कम गरौँ, पुनः प्रयोग गरौँ, पुनः प्रशोधन गरौँ ’ भन्ने सिद्धान्त व्यवहारमा उतारिने दाबी छ ।

त्यसैगरी, समाजका सीमान्तकृत वर्गहरूलाई समेट्ने उद्देश्यले दलित, अपाङ्गता भएका व्यक्ति, एकल महिला, लैङ्गिक तथा यौनिक अल्पसंख्यकका लागि लक्षित कार्यक्रम घोषणा गरिएको छ । सामाजिक सुरक्षा भत्ता, परम्परागत सीप अभिवृद्धि, र आधुनिक प्रविधिसँग स्थानीय सीपको समायोजनमार्फत उनीहरूलाई आत्मनिर्भर बनाउने प्रयास गरिने छ । पूर्वाधार विकास अन्तर्गत सडक सञ्जाल, पार्क, पुल, सार्वजनिक भवन, यात्री प्रतीक्षालय, बत्ती व्यवस्थापन, वृक्षारोपण र हरित पूर्वाधारमा लगानी गरिने छ । विपद् व्यवस्थापनका लागि तत्काल प्रतिक्रिया टोली गठन, पूर्व सूचना प्रणाली विस्तार तथा सतर्कता प्रवाह गर्ने संरचना निर्माण गरिने छ । शासन प्रणाली सुधारका लागि कार्यसम्पादन सम्झौता, पारदर्शिता, गुनासो व्यवस्थापन प्रणाली, सेवा प्रवाह अनुगमन र नागरिक सुनुवाइ संयन्त्र लागू गरिने छ । पालुङटारले वि.सं. २०८३ सालभित्र नगरपालिका नै बालमैत्री घोषणा गर्ने प्रतिबद्धता पनि नीति तथा कार्यक्रममा सार्वजनिक गरेको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०
post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: