पेट्रोलियम पदार्थको मूल्य बढ्यो, कति पुग्याे ?

दर्पण दैनिक ३ फाल्गुन २०८०,२१:१८
post

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य बढेर आएकोले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिट २ रुपैयाँ वृद्धि गरेको नेपाल आयल निगमले जनाएको छ ।

निगमका प्रवक्ता मनोज ठाकुरले बिहीबार साँझ जारी गरेको विज्ञप्तिअनुसार नयाँ मूल्य आज मध्यरातिदेखि लागू हुनेछ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको विज्ञप्तिमा उल्लेख छ । भाउ बढेसँगै काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७२ तथा डिडिजेल र मट्टितेलमा प्रतिलिटर १ सय ६० रुपैयाँ पुगेको छ ।

 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: