प्रचण्ड र शक्ति बस्नेतसँग स्पष्टिकरण सोधौं : योगेश भट्टराई

दर्पण दैनिक ९ भाद्र २०८१,१५:२१
post

काठमाडौं । सत्तारु नेकपा एमालेले शीर्ष नेताबीच सहमति भए सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्ष दललाई छाड्न तयार रहेको जनाएको छ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आइतबारको बैठकमा एमाले सांसद योगेश भट्टराईले सभापतिको विषय उठाएर दबाबमा राख्न खोजिएको बताए ।

नेकपा माओवादी केन्द्रले लेखा समितिको सभापति पद माग गर्दै आएको छ । बैठकमा माओवादी सांसद लेखनाथ दाहालले उक्त पद प्रतिपक्षीलाई दिन पहल गर्न समितिका सभाापति ऋषिकेश पोखरेललाई आग्रह गरेका थिए । जवाफमा भट्टराईले ०७९ सालको निर्वाचनपछि शीर्ष नेतृत्वबीच सहमति भएर सभापतिको विषय टुंगिएको बताए । पुनः सहमति भए समिति सभापतिले राजीनामा दिने उनको भनाइ थियो ।

‘सभापति संसदीय परम्पराअनुसार विपक्षी दलको हुन्छ भने विदित नै छ । हामीले कतिपय परम्परा मिच्दै आएका छौ’, उनले भने, ‘०७९ को चुनावपछि समिति सभापतिमा निर्वाचन भएन, सहमतिबाट चयन भएको हो । राजनीतिक दलको नेतृत्वमा पुनः सहमति हुन्छ भने सभापतिले राजीनामा दिनुपर्छ, दिनुहुन्छ । पटक–पटक सभापतिको विषयमा चिमोटेर दबाब दिइयो ।’ भट्टराईले यसअघि लेखा समितिको सभापति पद प्रतिपक्षलाई दिए-नदिएको हेर्न आग्रह गरे ।

उनले सभामुख, राष्ट्रियसभाका अध्यक्ष पनि कसरी बनाइयो भन्ने हेर्न सुझाव दिए । सांसद भट्टराईले नेपाल विद्युत् प्राधिकरणको डेडिकेडेड र ट्रंकलाइन बक्यौता विवादबारे चार बुँदे प्रस्ताव अघि सारेका छन् । उनले यो प्रकरणमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ऊर्जामन्त्री शक्ति बस्नेतलाई स्पष्टीकरण सोध्नुपर्नेलगायत चार बुँदे प्रस्ताव अघि सारेका छन् । 
 

यस्ता छन् भट्टराईका प्रस्ताव 

१. अघिल्लो लेखा समितिको निर्देशनको आधारमा, महालेखाले भनेको २१.८८ अर्ब उठाउने । 

२. बक्यौता नउठाउने प्राधिकरणका कार्यकारी निर्देशकलाई कारबाही गर्न अख्तियारको निर्देशन कार्यान्वयन नभएकोबारे प्रमुख आयुक्तलाई बोलाएर सोधौँ । कार्यकारी निर्देशकलाई कारबाही गरौँ । 

३. बक्यौता छुट दिने गरी २०८१-१-२७ गते निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री र ऊर्जामन्त्रीलाई स्पष्टीकरण सोधौँ । 

४.यसअघि सार्वजनिक लेखा समितिले गरेको निर्णय कार्यान्वयनबारे सम्बन्धित निकायलाई लेखि पठाऔँ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: