
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मल उद्योगका लागि अध्ययन भइरहेको बताएका छन् ।
प्रतिनिधिसभामा सांसदहरूकाे प्रश्नको जवाफ दिने क्रममा उनले ६ लाख मेट्रिकटन रासायनिक मल मन्त्रालयले आयात गरी अनुदानमा उपलब्ध गराउने बताए ।
‘नेपालमा मल कारखाना खोल्न विगतदेखि नै अध्ययनहरू हुँदै आएका छन् । अहिले पनि लगानी बोर्डले दुईवटा अध्ययन गरिरहेको छ । सरकार स्वदेशमै रासायनिक मल उत्पादनका लागि प्रयासरत छ,’ उनले भने ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google