काठमाडौं । डिजिटल बैंकिङलाई उच्च प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । सिटिजन्स बैंकमा आयोजित एक कार्यक्रमकाबीच सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवशकुमारबीच भर्चुअल क्रेडिट कार्ड संचालन सम्बन्धी सम्झौता भएको छ । साथै बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले भर्चुअल क्रेडिट कार्डको उद्घाटन गरे ।
भर्चुअल क्रेडिट कार्डको लागि सिटिजन्स मोबाइल बैंकिङ एपमार्फत योग्यग्राहकहरूले सिधै आवेदनदिन सक्नेछन । कुनैकागजीकार्य र भौतिक कार्डको आवश्यकता नपर्ने यस्तो कार्डमा ग्राहकले २० हजार रुपैयाँदेखी २ लाख ५० हजारसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउनेछन । भर्चुअल क्रेडिट कार्ड क्युआर कोड स्क्यान गरेर किनमेल गर्न, नेपालभित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सकिने बैंकले जनाएको छ । यसमा ईएमआइ को सुबिधा पनि रहेको छ । बैंकले ग्राहकहरुलाई ४५ दिनको समयावधिभित्र सजिलै कर्जा चुक्ता गर्ने विकल्प प्रदान गरेको छ साथै उनीहरूको कुल क्रेडिट कार्डको बक्यौताको १० प्रतिशतदेखि शतप्रतिशतसम्म भुक्तानी गर्ने विकल्प पनि प्रदान गरेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google