होन्डा डियो–१२५ को बुकिङ खुल्यो, मूल्य कति ?

दर्पण दैनिक २८ मंसिर २०८०,०८:५६
post

काठमाडौं  । होन्डाले नयाँ डियो–१२५ को लागि बुकिङ खुलाएको छ । होन्डाको यो स्कुटर नेपाली बजारको प्रतिक्षित स्कुटर हो । नेपाली बजारमा होन्डाको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले जम्मा दुई लाख ९९ हजार नौ सय रूपैयाँमा ’अल–न्यू स्मार्ट डियो १२५’ को बुकिङ खुला गरेको हो । 

कम्पनीका अनुसार सो मूल्य ड्रम ब्रेक विकल्पमा रहेको नयाँ डियो १२५ को मूल्य हो। त्यस्तै डिस्क ब्रेक भएको नयाँ डियो १२५ को मूल्य भने तीन लाख ९ हजार नौ सय रूपैयाँ तोकिएको छ । नयाँ होन्डा डियो १२५ को बाहिरी आवरण निकै सानदार छ। यसमा स्प्लिट एलइडी पोजिसन हेडल्याम्प पाउन सकिन्छ भने स्पोर्टी टेल लाइट दिइएको छ। यसमा इन्धन ट्याकंको लिड सिटभित्र नभई बाहिरै हुनेछ। यसमा ५.३ लिटरको इन्धन ट्याकं छ । नयाँ डियो १२५ बोल्ड ग्राफिक्स र डुअल–टोन रंग विकल्पमा उपलब्ध हुनेछ । स्कुटरमा पर्याप्त डिकी स्पेस दिइएको छ । यसमा १८ लिटरको डिकी स्पेस छ। सामग्री राख्न अगाडि भागमा पनि ग्लोबबक्स दिइएको छ । 

स्कुटरमा स्मार्ट डिजिटल मिटर दिइएको छ । त्यस्तै स्ट्यान्ड साइड इन्जिन कट–अप फिचर पनि छ । जसले गर्दा स्ट्यान्ड खोलेको समय स्कुटरको इन्जिन आफै बन्द हुन्छ । १२३.९२ सिसी डिस्प्लेसमेन्ट क्षमता भएको नयाँ डियो १२५ ले ६,२५० आरपिएममा ६.०९ किलोवाट पावर र ५,००० आरपिएममा १०.४ एनएम टर्क जेनेरेट गर्छ । स्कुटरको कुल तौल १०४ केजी छ । यसमा १७१ एमएम ग्राउन्ड क्लेरेन्स र १२६० एमएम ह्विलबेस पाउन सकिन्छ । 


कम्पनीले यो नयाँ  स्कुटर गत भदौमा भएको ‘नाडा अटो शो २०२३’ मा छिट्टै नेपाली बजार भित्र्याउने बताउँदै यसको लागि बुकिङ समेत खुलाएको थियो। तर अधिक मात्रामा बुकिङ हुन थालेपछि कम्पनीले केही समयको लागि बुकिङ रोकेको थियो। मंगलबारबाट भने कम्पनीले पुनः बुकिङ सुरू गरेको हो । 
 

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: