रेड्मी नोट १३ सिरिज नेपालमा, कति पर्छ मूल्य ?

दर्पण दैनिक २३ माघ २०८०,०९:३७
post

काठमाडौं । शाओमीले एक भव्य कार्यक्रम आयोजना गर्दै नेपालमा रेड्मी नोट १३ सिरिज सार्वजनिक गरेको छ ।  सोमबार  होटल अलफ्टमा आयोजित एक कार्यक्रममा शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिज अन्तर्गत  रेड्मी नोट १३ प्रो प्लस फाइभ जी, रेड्मी नोट १३ प्रो,  रेड्मी नोट १३ सार्वजनिक गरेको  हो ।

यी तीनै मोडेलहरुमा ग्राहकहरूले शक्तिशाली प्रोसेसर र उच्चस्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउन सक्ने कम्पनीको भनाई छ । रेड्मी १३ सिरिजमार्फत नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ ।

रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू कलरमा रु.२४,९९९ (६/१२८ जीबी) र रु. २७,९९९ (८/२५६) जीबीमा उपलब्ध हुनेछ । रेड्मी नोट १३ किन्दा रु.२,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ को अफरमा पाउन सकिनेछ ।  

रेड्मी नोट १३ प्रो मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा रु. ३४,९९९ (८/२५६ जीबी) र रु. ३९,९९९ (१२/५१२ जीबी) मा उपलब्ध हुनेछ । रेड्मी नोट १३ प्रो किन्दा रु.२,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ अफरमा वा रु.५,६९९ मूल्यको रेड्मी वाच ३ एक्टीभ मात्र रु. ३,४९९ अफरमा पाउन सकिनेछ ।  

रेड्मी नोट १३ प्रो प्लस फाइभ जी मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा  रु. ४७,९९९ (८/२५६ जीबी) र रु. ५२,९९९ (१२/५१२ जीबी) मा उपलब्ध हुनेछ । 

त्यस्तै रेड्मी नोट १३ प्रो प्लस फाइभ जी किन्दा रु.२,९९९ मूल्यको बड्स ४ एक्टीभ मात्र रु. १,६९९ अफरमा वा रु.५,६९९ मूल्यको रेड्मी वाच ३ एक्टीभ मात्र रु. ३,४९९ अफरमा पाउन सकिनेछ ।  

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: