होटल तथा रिसोर्टलाई आयकर र विद्युत महशुल छुट दिने घोषणाको हानद्वारा स्वागत

दर्पण दैनिक १७ जेष्ठ २०८२,११:२९
post

काठमाडाैँ । संघीय संसद्मा पेश भएको आगामी आर्थिक वर्ष २०८२/८३ को राष्ट्रिय बजेटमा होटल तथा रिसोर्टलाई उत्पादनमूलक उद्योगसरह आयकर र विद्युत महशुल छुट दिने घोषणाको होटल संघ नेपालले स्वागत गरेको छ । संघका अध्यक्ष विनायक शाहले दशकौंदेखिको यो माग पूरा भएकोमा नेपाल सरकार तथा विशेष गरी अर्थमन्त्रीलाई धन्यवाद ज्ञापन गर्दै सरकारको यो घोषणा होटल उद्योले पु¥याएको योगदानको कदर भएको बताएका छन् ।

बजेटको सकारात्मक पक्षको चर्चा गर्दै अध्यक्ष शाहले नेपाली होटल उद्योगको बढ्दो क्षमताको अधिकतम उपयोग गर्न पर्यटकको आगमन बढाउन बजेटले काठमाडौं, पोखरा, भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलहरुको सेवा र सञ्जालको द्रुत विस्तार गर्दै पर्यटकीय गन्तव्य जोड्ने स्तरोन्नती भइरहेका राष्ट्रिय राजमार्गहरुको समयावद्ध निर्माण, नेपाल एयरलाइन्सको सुधार, नेपाललाई हवाई उडान सुरक्षा सूचीबाट बाहिर ल्याउने घोषणा महत्वपूर्ण रहेको जनाइएको छ ।

 

पर्यटन क्षेत्रबाट देशले पाउने व्यापक आर्थिक लाभ बढाउन बजेटले पर्यटकहरुको बसाई लम्बाउन र उनीहरुको खर्च बढाउन उच्च हिमाली, पहाडी, तराईका साथै प्रदेशका थप पर्यटकीय गन्तव्यहरुको विकास र पर्यटकहरुले गर्ने साहसिक, धार्मिक, सांस्कृतिक, चलचित्र, आरोग्य, खेल लगायतका पर्यटकीय गतिविधिहरु बढाउन लिइएको पहल सकारात्मक रहेको होटल संघ नेपाले जनाएको छ ।

 

विश्वको प्रमुख प्राकृतिक गन्तव्य नेपालमा अधिकतम पर्यटकहरु आकर्षिक  गर्न हरित पर्या–पर्यटनको विकासमा निकुञ्ज, आरक्ष, संरक्षित जंगल, सफारी, पर्यापदयात्रा लगायत हिल स्टेशन, आतिथ्य उद्योगको विकास र विस्तारका साथै प्रदूषण घटाउने कार्यक्रम बजेटको घोषणा समय सापेक्ष रहेको बताउँदै होटल संघ नेपालले यसतर्फ निजी क्षेत्रको प्रमुख सहकार्यमा अगाडि बढाउने नीति उल्लेखनीय रहेको बताएको छ ।

 

सीमा क्षेत्रको पर्यटन गतिविधि क्रस बोर्डर टुरिजम बढाउन सीमा नाकाहरुमा स्वागत तथा सेवा केन्द्र, स्वयम्भूनाथ, हनुमानढोका, पशुपतिनाथ र बौद्धनाथ जस्ता युनेस्को सूचीकृत सम्पदाहरुमा सन्ध्याकालीन सम्पदामार्ग विकास गर्ने, देशैभरिका पर्यटकीय आकर्षण रहेका स्थलहरुमा सुरक्षित पर्या–पर्यटन पदमार्ग विकास गर्ने बजेटको सकारात्मक पक्ष रहेको संघको राय छ ।

 

हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुले नेपालमा विनिमय हुने ५ हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा ल्याउन पाउने व्यवस्थाबाट पर्यटकलाई सुविधा तथा खर्च गर्ने क्षमता बढाउने जनाउँदै होटल संघ नेपालले भुकुटीमण्डपलाई अन्तर्राष्ट्रिय स्तरको सम्मेलन केन्द्र बनाउने घोषणको स्वागत गरेको छ ।

 

बजेटले आर्थिक कुटनीतिमार्फत पर्यटन विकासमा निजी क्षेत्र तथा गैरआवासीय नेपालीहरुको समेत सहकार्यमा गर्ने, आधुनिक प्रविधि उपयोग गरेर पर्यटन गतिविधि संचालन गर्ने बजेटको सवल पक्ष रहेको संघले जनाएको छ । २ प्रतिशत विलाशिता कर र १३ प्रतिशत हवाई भाडामा लगाइएको मूल्य अभिवृद्धिकर नहटेको परिप्रेक्ष्यमा स्वदेशी पर्यटकीय सेवा महँगो भई कम प्रतिस्पर्धी भएको अवस्थामा घोषित पर्यटकीय विकासका कार्यहरु प्रभावकारी कार्यान्वयन गरी सेवाको स्तरीयता र प्रतिस्पर्धी बनाउनु आवश्यक रहेको पनि संघले जनाएको छ ।

 

नेपाली होटल उद्योगमा दक्ष जनशक्ति अभाव बढ्दै गएको अवस्थामा बजेटले दक्ष जनशक्ति उत्पादन तथा स्वदेशमा नै रहने व्यवस्थाका लागि अवलम्बन गरिएका बजेटका प्रावधानहरु संघले अध्ययन गर्ने जनाएको छ । प्रस्तुत बजेटबाट विद्यमान पर्यटन पूर्वाधारको विकास, गुणस्तरीय सेवा विस्तार र प्रभावकारी बजारीकरणका माध्यमबाट नेपाललाई सुरक्षित र भरपर्दो पर्यटकीय गन्तव्यको रुपमा ब्राण्डिङ गर्ने लक्ष्य प्राप्तिमा निजी क्षेत्रको अग्रणी भूमिका र योगदान खोजिएको सराहना गर्दै थप पर्यटनको विकासमा आवश्यक लगानी र खासगरी भारत र चीन केन्द्रित अन्तर्राष्ट्रिय प्रवद्र्धनमा पनि निजी क्षेत्रलाई अग्रणी भूमिका प्रदान गरिएबाट निजी क्षेत्र प्रोत्साहित हुने संघले जनाएको छ ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: