
काठमाडौँ । सहरी सेवा प्लेटफर्म इन्ड्राइभले नेपालमा कुरियर सेवासमेत सुरु गरेको छ । इन्ड्राइभले नेपालमा उचित मूल्यमा राइड सेयरिङ सेवा दिँदै आएकामा डेलिभरी सेवासमेत प्रदान गर्न सुरु गरेको हो । इन्ड्राइभ (एपिएसी) का मार्केटिङ डाइरेक्टर नतालिया माकारेन्कोले नेपाली बजारमा गतिशीलता अभिवृद्धि गर्न प्रतिबद्ध रहेको बताइन् ।
उनले भनिन्, ‘हामी नेपालमा इन्ड्राइभ डेलिभरीको सुरुआत भएको घोषणा गर्न पाउँदा उत्साहित छौँ । सेवाले बुकिङको दिनमा २० किलो वा सोभन्दा कम तौलका पार्सलहरूको अन्तिम माइल डेलिभरीमा मद्दत गर्नेछ । इन्ड्राइभ डेलिभरी मार्फत, हामी नेपालका साना व्यवसाय र व्यक्तिहरूले सामना गर्ने लजिस्टिक चुनौतीहरूको सामनालाई समाधान गर्ने आशा राख्दछौँ ।’
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google