एनआईसी एसिया बैंक नाफा ५२ प्रतिशतले घट्याे

दर्पण दैनिक ७ बैशाख २०८१,०८:४०
post

काठमाडौं । एनआईसी एसिया बैंकको नाफामा भारी गिरावट आएको छ ।बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा ५२ प्रतिशत घटेको छ । गत वर्ष यसै अवधिमा ४ अर्ब १ करोड खुद नाफा कमाएको बैंकले अहिले १ अर्ब ९१ करोड कमाएको छ ।

बैंकको खुद ब्याज आम्दानी घट्नु र लोन लस प्रोभिजन बढ्नुले नाफामा असर परेको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी गत वर्ष यसै अवधिमा ९ अर्ब ९ करोड रहेकोमा अहिले ८ अर्ब १८ करोडमा खुम्चिएको छ । त्यस्तै कुल कर्जामा निष्क्रिय कर्जाको अंश गत वर्ष यस अवधिमा ०.८५ प्रतिशत रहेकोमा अहिले ३.०८ प्रतिशत पुगेको छ ।

बैंकको लोन लस प्रोभिजन ह्वात्तै बढेको छ । गत वर्ष यस्तो रकम २३ करोड रहेकोमा अहिले २ अर्ब १४ करोड पुगेको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब ७२ करोड ऋणात्मक छ । त्यस्तै प्रतिसेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ १२ पैसा छ भने प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ ४७ पैसा छ । आधार दर ८.८६ प्रतिशत तथा स्प्रेड रेट ३.९९ प्रतिशत छ । बैंकको सीडी रेसियो ८५.८१ छ । यस वर्ष सेयरधनीलाई एनआईसी एसियाले अरु वाणिज्य बैंकभन्दा धेरै २९ प्रतिशत बोनस सेयरसहित कुल ३० दशमलव ५३ प्रतिशत लाभांश दिएको थियो ।

सम्बन्धित खबर

post

लोप हुँदै जुनेलो खेती

१९ माघ २०७९,०८:३२
post

टर्की पालनबारे जानाकरी

६ फाल्गुन २०७९,२०:४६
post

बजेट कार्यान्वयन निराशाजनक

१७ फाल्गुन २०७९,०८:२४
post

चैतदेखि बैंकको ब्याजदर घट्ने

२५ फाल्गुन २०७९,१२:१२
post

घट्यो हवाई भाडा (सूचीसहित)

२१ चैत्र २०७९,१९:१४
post

इसेवाले ल्यायाे एकमा ४ अफर

२२ बैशाख २०८०,०८:३७
post

बजेट भाषण २०८० /०८१ (LIVE)

१५ जेष्ठ २०८०,१६:३१
post

कुन मन्त्रालयलाई कति बजेट ?

१६ जेष्ठ २०८०,०८:४१
post

आयकरमा नयाँ व्यवस्था

२० जेष्ठ २०८०,१४:४६
post

संसद्‌मा आजदेखि बजेट छलफल

२१ जेष्ठ २०८०,०६:३७
post

ग्लोबल आईएमई बैंक सम्मानित

२५ जेष्ठ २०८०,२१:१७
post

तरकारी र फलफूलको आयात घट्यो

३१ जेष्ठ २०८०,०६:५२
post

कुन बैंकको नाफा कति ?

२२ श्रावण २०८०,०८:५३
post

विनोद चौधरीलाई एशियन अवार्ड

३१ श्रावण २०८०,१९:४९
post

मुस्ताङमा स्याउ टिप्न सुरु

१ आश्विन २०८०,१४:५४
post

सयपत्री बेचेर नौ लाख आम्दानी

२२ कार्तिक २०८०,१७:०१
post

ग्यासको मूल्य बढ्याे

१८ माघ २०८०,०९:०७
post

एनसेलको ‘डबल मजा प्याक’

२५ माघ २०८०,११:०५
post

घट्यो नेपाल टेलिकमको नाफा

१ फाल्गुन २०८०,११:३४
post

घट्याे उपभोक्ता मूल्यवृद्धि

२७ फाल्गुन २०८०,१६:२१
post

अन्डाको मूल्य घट्यो

२० बैशाख २०८१,१४:४७
post

यी हुन् कर बढेका क्षेत्र

१५ जेष्ठ २०८१,१७:३७
post

बढ्यो अण्डाको मूल्य

३१ असार २०८१,१४:५९
post

बढ्यो अन्डाको मूल्य

५ कार्तिक २०८१,११:२५
post

साहस ऊर्जाको अध्यक्षमा पाठक

११ कार्तिक २०८१,१५:४२
post

बढ्याे पेट्रोलको मूल्य

१५ मंसिर २०८१,२०:५७
post

अण्डाको मूल्य बढ्यो

२१ मंसिर २०८१,२०:४८
post

नबिल बैंक सम्मानित

२९ चैत्र २०८१,०७:४८
post

अण्डाको मूल्य बढ्याे

१४ बैशाख २०८२,१३:२१
post

अण्डाको भाउ बढ्यो

१८ जेष्ठ २०८२,०९:१०
post

१६०० ले बढ्याे सुनको मूल्य

३० जेष्ठ २०८२,११:५०

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: