
काठमाडौँ । आगामी साउन १ गतेबाट काठमाडौँ उपत्यकामा पहिलो चरणमा ८ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी भएको छ । सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत महिलाको सुरक्षित आवागमन सुनिश्चित गर्न सातै प्रदेशमा निःशुल्क उक्त सेवा सञ्चालन गर्ने तयारी गरेको हो ।
पहिलो १०० दिनमा २५ वटा बस सञ्चालन गरिने पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रामहरि पोखरेलले जानकारी दिए । बस सेवा सञ्चालनका लागि साझा यातायातले अर्थ मन्त्रालयमा राय सुझावका लागि पत्राचार गरेको छ । मन्त्रालयबाट सहमति प्राप्त भए पश्चात् पहिलो चरणमा साउन १ गतेदेखि बस सेवा सञ्चालन गरिनेछ ।
प्रारम्भिक चरणमा लगनखेल–बुढानीलकण्ठ रुटमा २ वटा र थानकोट–नागढुङ्गा–विमानस्थल रुटमा २ वटा बस सञ्चालन गरिने छ । चक्रपथ (रिङरोड) क्षेत्रमा ४ वटा बस सञ्चालन गरिनेछन् । जसमध्ये २ वटा क्लकवाइज र २ वटा एण्टिक्लकवाइज दिशामा सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































.jpg)






































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google