कान्तिपुर सहकारीका पूर्वअध्यक्ष सीबी लामा पक्राउ

दर्पण दैनिक १८ जेष्ठ २०८१,१३:५५
post

काठमाडौं । कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष सीबी लामालाई प्रहरीले पक्राउ गरेको छ । उक्त सहकारीको सञ्चालकका रुपमा करिब दुई अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोपसहितको उजुरी परेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय लामालाई चितवनको नेपाल-भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।


कार्यालयका प्रमुख एवम् एसएसपी सानुराम भट्टराईका अनुसार लामालाई काठमाडौं ल्याएर अनुसन्धान अघि बढाइएको छ ।लामाविरुद्ध सहकारीको अर्बौँ बचत हिनामिना आरोपसहित जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको थियो ।


लामाले मात्रै कान्तिपुरसहितका अन्य सहकारीबाट ८ अर्ब रुपैयाँ बचत हिनामिना गरेको आरोप छ । जसमध्ये कान्तिपुर सहकारीको मात्रै दुई अर्ब बचत अपचलनबारेको जाहेरी परेपछि उनलाई अपराध अनुसन्धान कार्यालयले हिरासतमा लिएको हो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: