बीएमडब्लुको प्रिमियम इलेक्ट्रिक कार नेपालमा, मूल्य कति ?

दर्पण दैनिक ११ जेष्ठ २०८१,०९:३८
post

काठमाडौँ । चर्चित चारपांग्रे ब्रान्ड बीएमडब्लुको विद्युतीय कार आईएक्स१ एसएभी नेपालमा आएको छ । नेपालमा बीएमडब्लुको अधिकृत बिक्रेता लक्ष्मी प्रिमियम मोटर्सले उक्त एसएभी नेपाली बजारमा भित्र्याएको हो । 

बीएमडब्लु आईएक्स१ मा रहेको इड्राइभ २० प्रिमियम इलेक्ट्रिक साधनका रुपमा आएको छ । यसमा कम्बाइन पावर कन्जम्प्सन १७.२–१५.४ केडब्लुएच/१०० किमि छ। पूर्ण विद्युतीयमा यो कम्पनीको कम्प्याक्ट एसएभीको दोस्रो मोडल हो। यसमा रहेको इलेक्ट्रिक मोटरले १५० केडब्लु/२०४ एचपीको शक्ति जेनेरेट गर्छ । 

यो ४३० देखि ४७५ किमिसम्मको रेन्ज दिने गाडी भएको कम्पनीले जनाएको छ । यो गाडीको सुरुवाती मूल्य नेपालमा १ करोड ४९ लाख ९६ हजार रुपैयाँ छ । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: