झापाको दमकमा भाटभटेनीको २७औँ स्टोर, विद्युतीय सामानहरुमा २० प्रतिशतसम्म छुट

दर्पण दैनिक २३ फाल्गुन २०८०,०९:५३
post

काठमाडौं । भाटभटेनी सुपरमार्केटले आफ्नो २७औँ स्टोर झापाको दमकमा सञ्चालनमा ल्याएको छ । भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले बुधबार स्टोर विधिवत् उद्टघान गरेर सञ्चालनमा ल्याएका हुन् । भाटभटेनीले ४० वर्षको अवधिमा २७ वटा स्टोर सञ्चालनमा ल्याएको छ ।

यस शुभारम्भको अवसरमा भाभटेनीमा रहेका सम्पूर्ण सामानमा १० प्रतिशत र विद्युतीय सामानहरुमा २० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको जनाइएको छ ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: