
काठमाडौं । नेपाल राष्ट्र बैंकले गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसहितको नयाँ सिरिजको ५०० रुपैयाँ दरको नोट बुधबारदेखि औपचारिक रूपमा चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकका अनुसार नयाँ नोटको डिजाइन पुरानै संरचनासँग मिल्दोजुल्दो भए पनि सुरक्षा विशेषता, सिरिज प्रणाली र पहिचान प्रविधिमा महत्वपूर्ण परिमार्जन गरिएको छ। नयाँ नोटमा ‘झ ३८ ०००००१’ देखि ‘ट ८३ ९९९९९९’ सम्मको संकेत नम्बर समावेश गरिएको छ।
राष्ट्र बैंकले एक सिरिजमा करिब १० लाख थान नोट छापिने व्यवस्था अनुसार नयाँ जारी गरिएको सिरिजबाट करिब ३० लाख थान ५०० रुपैयाँका नोट बजारमा प्रवेश गर्ने जनाएको छ।
नयाँ नोटसँगै २०७८ पुस ९ देखि प्रचलनमा रहेको २०२० सिरिजका करिब २ लाख ४८ हजार थान ५०० रुपैयाँका नोटलाई क्रमशः विस्थापन गर्ने प्रक्रिया पनि अघि बढ्ने भएको छ।
नयाँ नोटको अग्रभागमा बायाँतर्फ विश्वको सर्वोच्च शिखर सगरमाथाको चित्र र दायाँतर्फ नेपालको राष्ट्रिय फूल लालीगुराँसको पानी छाप राखिएको छ। तल्लो भागमा २०८२ सिरिज नम्बर उल्लेख गरिएको छ।
दृष्टिविहीन तथा कम दृष्टि भएका व्यक्तिहरूका लागि नोटको बायाँतर्फ दुईवटा काला थोप्ला राखिएको छ, जसलाई स्पर्श गरेर नोटको मूल्य पहिचान गर्न सकिने व्यवस्था गरिएको छ।
त्यस्तै, दायाँतर्फ अण्डाकार आकृतिभित्र कुबेरको चित्र राखिएको छ, जसको रंग प्रकाशको कोणअनुसार परिवर्तन हुने विशेष सुरक्षा सुविधा रहेको छ। सीधा हेर्दा सुनौलो र ढल्काएर हेर्दा हरियो देखिने यो प्रविधिले नक्कली नोट नियन्त्रणमा सहयोग पुग्ने विश्वास गरिएको छ।
नोटमा ३.५ मिलिमिटर चौडाइको सुरक्षण धागो पनि समावेश गरिएको छ, जसको रंग पनि प्रकाशअनुसार परिवर्तन हुने विशेषता रहेको राष्ट्र बैंकले जनाएको छ।
नोटको पछिल्लो भागमा नेपालको जैविक विविधताको प्रतीकका रूपमा पाटे बाघको चित्र राखिएको छ। माथिल्लो भागमा ‘नेपाल राष्ट्र बैंक’ र तल्लो भागमा ‘रुपैयाँ पाँच सय’ अङ्ग्रेजी भाषामा उल्लेख गरिएको छ।
राष्ट्र बैंकले नयाँ नोटलाई केवल मुद्राको साधन मात्र नभई राष्ट्रिय पहिचान, आधुनिक सुरक्षा प्रविधि र समावेशी वित्तीय पहुँचको प्रतीकका रूपमा विकास गरिएको जनाएको छ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































.jpg)


























प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google