
काठमाडौं । नेपाली ढोका उत्पादन तथा बजारीकरण गर्दै आएको टिम्बर ग्यालरीले चाँडपर्व अफर सार्वजनिक गरेको छ । कम्पनीले दशैं, तिहार र छठलाई लक्षित गर्दै दुईवटा चाँडपर्व विशेष अफर ल्याएको हो ।
चाँडपर्व अफरमा ढोका किन्दा पनि दश प्रतिशत छुट दिने योजना रहेको छ । टिम्बर ग्यालरीको इटहरी शाखा, धुम्बाराही शाखा र भरतपुर फ्याक्ट्रीबाट ढोका किन्दा यो अफर लागु हुनेछ । अनलाइनबाट ढोका किन्दा पनि यो अफर लागु हुने कम्पनीका महाप्रबन्धक राहुल पराजुलीले बताए । याे अफर अन्तरगत ढाेकाे हाम डेलिभरी निशुल्क हुने उनले बताए ।
त्यस्तै, ढाेका किन्दा लक्की ड्र अफर पनि रहेकाे छ । लक्की ड्रमा सहधागी हुनेले ग्राहकले ६ प्रतिशत छुटमा कम्तीमा पनि ६ वटा ढोका खरिद गर्नुपर्ने हुन्छ । लक्की ड्रमा सहभागीमध्ये एकजना भाग्यशाली ग्राहकले वासिङ मेसिन उपहार पाउने छन् ।
पराजुलीका अनुसार सेकेन्ड पुरस्कार आरोआर, तेस्रो पुरस्कार १५ हजार रुपैयाँ फिर्ता वा छुट गर्ने योजना छ । यो अफर मंसिर १४ गतेसम्म यो योजना लागु हुनेछ । मंसिर १४ गते कम्पनीको आधिकारिक फेसबुक पेजबाट लाइभ गरेर नतिजा घोषणा गरिनेछ ।
त्यस्तै, पार्केटमा पनि यो समयअवधीभर छुट अफर ल्याएको छ । प्रति स्क्वायर फिट २० रुपैयाँ छुट दिइनेछ । छुट पश्चात १९० रुपैयाँ पर्ने छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google