काठमाडौ । एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्वनमा रहेको एनआईबिएल स्टेबल फण्डमा ७ करोड ८५ लाख कित्ता आवेदन परेको छ । बन्दमुखी यो योजनाको १ अर्ब रकम बराबरको १० करोड इकाईहरु प्रति इकाई अंकित मूल्य १० रुपैयाँको दरमा निष्काशन तथा बिक्री खुल्ला भैरहेको छ ।
उक्त निष्काशनमा शुक्रवारसम्म उक्त कित्ताको आवेदन परेको हो । ३५ हजार आवेदकहरुद्वारा ७ करोड ८५ लाख इकाई खरिदका लागि आवेदन प्राप्त भएको हो । यसकाे अवधि माघ २ देखि छिटोमा माघ ५ सम्मका लागि खुल्ला गरिएकोमा उक्त अवधिभर माग बमोजिम आवेदन प्राप्त नभएकाले माघ १६ सम्मका लागि आवेदन मिति थप गरिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google