
काठमाडौं । २० वाणिज्य बैंकहरूमध्ये १८ वटा बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले पुस महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा १८ वटा बैंकले मुद्दती निक्षेप ब्याजदर घटाएका हुन भने, दुई वटा बैंकले मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
कुन बैंकको ब्याजदर कति ?
एनआईसी एसिया बैंकले मंसिर महिनाको तुलनामा निक्षेप ब्याजदर घटाएको छ । बैंकले मंसिर महिनामा दिँदै आएको अधिकतम मुद्दती निक्षेप ८.९७ प्रतिशतलाई घटाएर ८.६७ प्रतिशतमा झारेको छ । एनआईसी एसिया बैंकले पुस महिनाका लागि संस्थागततर्फ अधिकतम मुद्दती निक्षेपमा ५.५० प्रतिशतदेखि ६.६७ प्रतिशत ब्याजदर कायम गरेको छ ।
एनएमबी बैंकले पनि मंसिर २५ गतेदेखि नै लागू हुने गरी आफ्नो ब्याजदर घटाएको हो । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत ब्याज कायम गरेको छ । जहाँ मङ्सिर महिनामा बैंकले अधिकतम ९.७६ प्रतिशत ब्याजदर कायम गरेको थियो । बैंकले संस्थागततर्फको मुद्दती निक्षेपमा न्यूनतम ६ प्रतिशत देखि अधिकतम ७ प्रतिशतसम्म ब्याज कायम गरेको छ ।
मङ्सिर महिनामा ब्याजदर बढाउने एक्लो वाणिज्य बैंक माछापुच्छ्रे बैंकले पनि मंसिर २६ गतेदेखि नै लागू हुने गरी आफ्नो ब्याजदर घटाएको हो । यसअघि मंसिरमा बैंकले दिँदै आएको मुद्दती निक्षेपतर्फ १०.६० प्रतिशत ब्याजदरलाई घटाएर ९.६० प्रतिशतमा झारेको छ । बैंकले संस्थागत तर्फ अधिकतम ७.६० प्रतिशत ब्याजदर तोकिएको छ ।
मंंसिर महिनामा ब्याजदर घटबढ नगरेको कुमारी बैंकले पनि ब्याजदर घटाएको छ । कुमारी बैंकले मङ्सिर २४ गते देखि नै लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले व्यक्तिगत तर्फको अधिकतम मुद्दती निक्षेप १०.०१ प्रतिशत ब्याजदरलाई घटाएर ९.३१ प्रतिशतमा झारेको हो । बैंक संस्थागत तर्फ अधिकतम ७.३१ प्रतिशत ब्याजदर तोकेको छ ।
स्टयाडर्ड चाटर्ड बैंकले पनि मङ्सिर महिनाको तुलनामा आफ्नो ब्याजदर घटाएको छ । बैंकले पुष महिनाका लागि व्यक्तिगततर्फ अघिकतम मुद्दती निक्षेप ब्याजदर ८.५६ प्रतिशत तोकेको छ । भने, संंस्थागत तर्फ अधिकतम ५.२५ प्रतिशत ब्याजदर कायम गरेको छ । मङ्सिर महिनाका लागि बैंकले अधिकतम ८.९७ प्रतिशत ब्याज कायम गरेको थियो ।
कृषि विकास बैंकले पुस महिनाका लागि आफ्नो मुद्दती निक्षेप ब्याजदर घटाएको छ । बैंकले मंसिर महिनामा अधिकतम ९.५१ प्रतिशत दिँदै आएको ब्याजदर घटाएर ९.०१ प्रतिशतमा झारेको छ । पुस महिनाका लागि कृषि विकास बैंकले व्यक्तिगततर्फ अधिकतम ९.०१ प्रतिशत र संस्थागततर्फ अधिकतम ७.५१ प्रतिशत ब्याजदर तोकेको छ ।
सिटिजन्स बैंकले पनि मंसिर महिनाको तुलनामा आफ्नो निक्षेप ब्याजदर घटाएको छ । सिटिजन्स बैंकले मंसिर महिनामा दिँदै आएको ९.९५ प्रतिशत अधिकतम मुद्दती निक्षेपको ब्याजदरलाई ९.३५ प्रतिशतमा झारेको छ । बैंकले अब पुस महिनामा व्यक्तिगततर्फ अधिकतम ९.३५ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.६० प्रतिशत ब्याजदर तोकेको छ ।
एभरेस्ट बैंकले पनि पुस महिनाका लागि आफ्नो मुद्दती निक्षेप ब्याजदर घटाएको छ । एभरेस्ट बैंकले पुस महिनाका लागि व्यक्तिगत तर्फ अधिकतम ८ प्रतिशत ब्याजदर तोकेको छ । जबकि बैंकले मंसिरमा पनि ब्याजदर घटाएर ९ प्रतिशतमा झारेको थियो । त्यस्तै, बैकले संस्थागत तर्फको अधिकतम ब्याज ६ प्रतिशत कायम गरेको छ ।
ग्लोबल आइएमई बैंकले पुस महिनामा आफ्नो ब्याजदर घटाएको छ । जहाँ यसअघि मंसिर महिनामा दिँदै आएको अधिकतम ९.६० प्रतिशत मुद्दती निक्षेप ब्याज घटाए ८.६० प्रतिशतमा कायम गरेको छ । ग्लोबल आइएमई बैंकले पुस महिनामा व्यक्तिगत तर्फ अधिकतम ८.६० प्रतिशत र संस्थागत तर्फ अधिकतम ६.६ प्रतिशत ब्याजदर दिने भएको छ ।
पुस महिनाका लागि वाणिज्य बैंकहरूमा हिमालयन बैंकले सबैभन्दा बढी २ प्रतिशत ब्याजदर घटाएको छ । बैंकले मंसिर महिनामा प्रदान गर्दै आइरहेको व्यक्तिगत तर्फको अधिकतम १०.६० प्रतिशत ब्याजदर २ प्रतिशतले घटाएर ८.६० प्रतिशत कायम गरेको छ । त्यस्तै संस्थागततर्फ अधिकतम ६.६० प्रतिशत ब्याज कायम गरेको छ ।
मंसिर महिनामा ब्याजदर स्थिर राखेको लक्ष्मीसनराइज बैंकले पनि पुस महिनामा ब्याजदर घटाएको छ । पुस महिनामा बैकले व्यक्तिगततर्फ अधिकतम ब्याजदर ९ प्रतिशत कायम गरेको छ । बैंकले मंसिरमा १० प्रतिशत ब्याज दिँदै आएको थियो । अब लक्ष्मीसनराइज बैंकले संस्थागततर्फ मुद्दती निक्षेपमा अधिकतम ७.५ प्रतिशत ब्याज दिने जनाएको छ ।
नबिल बैंले पनि मंसिर महिनाको तुलनामा आफ्नो ब्याजदर घटाएको छ । नबिल बैंकले पुसमा मुद्दती निक्षेपको व्यक्तिगत तर्फ अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ६ प्रतिशत ब्याजदर तोकेको छ ।
प्राईम कमर्सियल बैंकले मंसिर महिनाको अधिकतम १०.२५ प्रतिशतको ब्याजदरलाई १० प्रतिशतमा झारेको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगत तर्फ अधिकतम १० प्रतिशत र संस्थागत तर्फ अधिकतम ८ प्रतिशत ब्याजदर कायम गरेको छ ।
मंसिर महिनामा ब्याजदर घटबढ नगरेको नेपाल बैंकले पनि पुस महिनामा ब्याजदर घटाएको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ८.५५ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.५५ प्रतिशत ब्याज तोकेको छ ।
नेपाल इनभेष्टमेन्ट मेघा बैंकले मंसिर महिनामा दिँदै आएको व्यक्तिगत तर्फको अधिकतम ९.५१ प्रतिशत ब्याजदर ९.५० प्रतिशतमा झारेको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ९.५० प्रतिशत र संस्थागततर्फ अधिकतम ७.५० प्रतिशत तोकेको छ ।
राष्ट्रिय वाणिज्य बैंकले पनि मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। बैंकले पुस महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ८.६१ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.६१ प्रतिशत ब्याजदर तोकेको छ ।
नेपाल एसबीआई बैंकले मंसिर महिनाको अधिकतम १०.६० प्रतिशत मुद्दती निक्षेपको ब्याजदर ९.६० प्रतिशतमा झारेको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ९.६० प्रतिशत र संस्थागत तर्फ ७.६० प्रतिशत ब्याजदर तोकेको छ ।
मंसिर महिनामा ब्याजदर स्थिर राखेको सिद्धार्थ बैंकले पनि पुसमा ब्याजदर घटाएको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ९.२२ प्रतिशत ब्याजदर तोकेको छ । मंसिर महिनामा बैंकले अधिकतम ९.९९ प्रतिशत ब्याज दिँदै आइरहेको थियो ।
सानिमा बैंकले मंसिर महिनाकै व्यक्तिगततर्फको अधिकतम ९ प्रतिशत ब्याजदरलाई निरन्तरता दिएको छ । प्रभु बैंकले पनि मंसिर महिनाकै व्यक्तिगततर्फ अधिकतम ९ प्रतिशत र संस्थागत तर्फ ७ प्रतिशतको ब्याजदरलाई निरन्तरता दिने जनाएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google