काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त भएका छन् । आज बसेको मन्त्रीपरिषद् बैठकले अर्थमन्त्रालयको प्रस्तावमा कार्कीलाई नियुक्ति दिएको हो । नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि पाँच जनाको नाम सर्ट लिस्टमा परेको थियो ।
कोषको रिक्त कार्यकारी निर्देशकका लागि पर्वत कुमार कार्की, राजेन्द्र पण्डित, लेखनाथ शर्मा पङ्गेनी, विश्व मोहन अधिकारी र डा. शिवहरि श्रेष्ठको नाम सर्ट लिस्टमा परेको हो । ती नामहरूबाट सरकारले कार्कीलाई नियुक्त गरेको हो ।
कार्कीले नेपाल राष्ट्र बैंकमा ३० वर्ष कार्य गरी कार्यकारी निर्देशकको रूपमा सेवा निवृत्त भएका थिए । कार्कीले ग्रामीण विकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा ४ वर्ष कार्य गरेका थिए । कार्कीले त्रिभुवन विश्वविद्यालय नेपाल र अष्ट्रलियाको ग्रिफिट युनिभर्सिटिबाट स्नातकोत्तर गरेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google