ललितपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व स्वास्थ मन्त्री शेरबहादुर तामाङ्ले सिंगो नेपाललाई औद्योगिक ग्राम बनाएर घरघरमा उत्पादन गरेर अन्तराष्ट्रिय बजारमा पठाउँदा मात्रै नेपालको विकास हुने बताएका छन् ।
शनिबार नेपाल उद्योग तथा व्यवासायी महासंघको महालक्ष्मी नगरभेला तथा गठनको अवसरमा ललितपुरमा एमाले ललितपुर इन्चार्ज तामाङले उत्पादन नबढ्दा मुलुकको अर्थतन्त्रको विकास हुन नसकेर धराशयी बनिरहेको बताए । देश उत्पादनमुलक थलोको रुपमा विकास हुन जरुरी रहेको उनको भनाई थियो । नेताहरु कानुन बनाउन डराउँछन्, के खान राजनीति गरेको उनले प्रतिप्रश्न गरे ।
नेकपा एमालेको बहुमत सरकारको जरुरी रहेको बताउदै तामाङले सिंगो मुलुकको अर्थतन्त्र विकासका लागि उद्योगी व्यवासायीसँग पार्टीभित्र बहस छलफल गरेर नयाँ नीति बनाउन आवश्यक रहेकोसमेत उल्लेख गरे । नेपाल उद्योग तथा व्यवसायी महासंघका महासचिव भागीरथी सापकोटाले व्यक्ति बलियो नभई मुलुकको आर्थिक अवस्था बलियो नहुँने भन्दैं उहाँले यस्तै अवस्था रहेसम्म राष्ट्र र राष्ट्रियता बचाउन हम्मे पर्ने बताए ।
पूर्व संघिय सांसद नवराज शिलवालले सरकारले खर्च गर्नसक्ने क्षमतालाई बढाउन नसक्दा अर्थतन्त्र चलायमान हुन नसकेको बताए । नेकपा एमाले बागमती प्रदेशका सचिवसमेत रहेका सिलवालले आर्थिक ढंगले सबल बनाउने गरी पूर्वाधार बनाउन पहल गर्न आग्रह गरेका छन् ।
नेकपा एमाले जिल्ला कमिति ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्यले एमालेको सरकार मूल्यबृद्धी कम भए पनि गठबन्धन सरकारले मूल्यबृद्धीलाई घटाउन नसकेको आरोप लगाए। उनले देशभित्रका समस्या पहिचान गरी समृद्ध बनाउन एमाले तत्पर रहेको दावी समेत गरेका छन् ।
उक्त अवसरमा महासंघका उपमहासचिव सुवर्ण श्रेष्ठले नगरभित्रका व्यवसायीका समस्यालाई उजागर गर्दै व्यावसायलाई ब्राण्डिङ गर्ने प्रवद्र्धन गर्ने, समस्या समाधार पहलका लागि कमिटि गठन गरेको बताए ।
सो अवसरमा महालक्ष्मी नगर कमिटि ढाका कपडा व्यवसायी पवन श्रेष्ठको अध्यक्षतामा महासंघको २१ सदस्यीय नगर कमिटि गठन गरिएको छ ।
कार्यक्रममा ललितपुर क्षेत्र नं २ का संघिय सांसद प्रेमबहादुर महर्जन, प्रदेश सांसद तथा बागमती प्रदेशका निवर्तमान स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ, नेकपा एमाले स्थाई कमिटि सदस्य तथा महालक्ष्मी नगर इन्चार्ज हरिकृष्ण व्यञ्जनकार, स्थानिय व्यवसायी, यूवा संघ, अनेमसंघ, खेलकुद महासंघ, स्थानिय जनप्रतिनिधि, राजनीतिकर्मीलगायतको बाक्लो उपस्थिती रहेको थियो ।





















































































.jpg)






















































































































_GnRvz8QHio.jpg)


























































































































































































































.jpeg)



















































































































.jpeg)





































.jpg)





































.jpg)






























































































































.jpg)





































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google