शेयर धितोमा कर्जा र सुन चाँदी कर्जासम्बन्धी निर्देशिका परिमार्जन

दर्पण दैनिक २३ आश्विन २०८१,०७:३४
post

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्जा सम्बन्धी निर्देशिका परिवर्तन गरेको छ । राष्ट्र बैंकले शेयर धितोमा कर्जा, शेयरधनीको कर्जामा अधिकार तथा सुन चाँदी कर्जासम्बन्धी निर्देशिका परिमार्जन गरेको हो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० लाई संशोधन गर्दै शेयर धितो कर्जामा ऋणीले राखेको धितो बापतको सेयरको मूल्य घटेमा उक्त शेयर नै लिलाम (बिक्री) गरेर कर्जा असुलउपर गर्न निर्देशन गरेको हो । 

इजाजतपत्रप्राप्त संस्थाले मार्जिन कल गर्ने तथा थप सुरक्षण नराखेमा शेयर विक्री गरी असुलउपर गर्ने सम्बन्धी व्यवस्था स्पष्ट रुपमा सम्बन्धित प्रोडक्ट पेपरमा उल्लेख गर्नुपर्नेछ’ बैंकद्धारा जारी निर्देशनमा भनिएको छ । 


त्यस्तै, बैंक तथा वित्तिय संस्थाको चुक्ता पुँजीको एक प्रतिशतभन्दा बढी शेयर धारण गर्ने लगानीकर्ता, फर्म वा कम्पनीले पनि सोही बैंक तथा वित्तिय संस्थाबाट ऋण नपाउने व्यवस्था परिमार्जन भएको छ ।


कुनै पनि बैंक तथा वित्तिय संस्थाको चुक्ता पुँजीको ०.५ प्रतिशतसम्म शेयर धारण गर्ने संस्थापक शेयरधनी र एक प्रतिशतसम्म साधारण शेयर धारण गर्ने व्यक्ति तथा फर्म वा कम्पनीले आफ्नै संस्थाबाट ऋण लिन पाउनेछन् ।

त्यस्तै, सुनचाँँदी धितो राख्दा अब ५० लाख रुपैयाँभन्दाबढी कर्जा नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० संशोधन, परिमार्जन तथा थप व्यवस्था गर्दै यस्तो व्यवस्था गरेको हो । निर्देशनको बुँदा नम्बर ५ मा थप व्यवस्था गर्दै केन्द्रीय बैंकले सुन धितो कर्जाको एक ग्राहक कर्जा सीमा ५० लाख कायम गरेको हो । यसअघि यस्तो व्यवस्था थिएन ।

परिपत्र नं. ५ (क,ख,ग): नेपाल राष्ट्र बैंकबाट 'क', 'ख' र 'ग' वर्गका इजाजतपत्रप्राप्त संस्थालाई जारी गरिएको 'एकीकृत निर्देशन, २०८०' मा संशोधन/परिमार्जन/थप ।https://www.nrb.org.np/.../Circular-5-ABCFinal-V1-publish...

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: