काठमाडाैं । नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीको नाम र तस्वीर दुरुपयोग गरी व्हाट्सएपमार्फत विभिन्न व्यक्तिसँग कुराकानी गरेको भन्दै सजग रहन आग्रह गरेको छ ।
आइतवार दिउँसो एक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले गभर्नर अधिकारीको फोटो र नाम दुरुपयोग गरेको जनाएको हो ।
९८१४४८६४४९ नम्बरबाट व्हाट्सएप म्यासेजिङ एपमा एकाउन्ट खोली विभिन्न व्यक्तिसँग संवाद गर्ने र पैसा मागिएको राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले लोकान्तरलाई बताए ।
उनले यसमा ठूलै गिरोह भएको हुन सक्ने र यसबारे साइबर ब्यूरोमा उजुरी गरिसकिएको बताए ।
'गभर्नरज्यूको नाम र तस्वीर दुरुपयोग गरेर राष्ट्र बैंककै कर्मचारीसँग पैसा मागेको पाइयो,' उनले भने, 'यो गम्भीर मुद्दा हो । यसबारे हामीले साइबर ब्यूरोमा उजुरी गरिसकेका छौं । दोषी छिट्टै पत्ता लाग्छ ।'
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google