
काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले अन्डाको मूल्य घटाएको छ । प्रतिक्रेटमा २५ देखि ७५ रुपैयाँसम्म मूल्य घटाइएको संघले जनाएको छ । पछिल्लो पटक २८ असारमा तोकेको अन्डाको मूल्य सोमबारदेखि लागु हुनेगरी घटाएको हो ।
आइतबार बसेको संघको बैठकले सबैभन्दा ठूलो साइज अन्डाको मूल्य प्रतिक्रेट ५ सय रुपैयाँ तोकेको छ । यसैगरी ठूलो अन्डाको प्रतिक्रेट मूल्य ४ सय ८५ र मिडियम अन्डाको प्रतिक्रेट मूल्य ४ सय १५ रुपैयाँ तोकेको हो । पोखरेलका अनुसार अन्डा उत्पादक किसानहरूले उत्पादन लागत, माग र आपूर्तिका आधारमा मूल्य निर्धारण भएको हो ।
संघको बैठकले अन्डा ओसारपसार गर्दा फार्मको नाम र ठेगान उल्लेख भएको नयाँ कार्टुन प्रयोग गर्नुपर्ने तथा पुरानो र साधा कार्टुन प्रयोग नगर्ने निर्णय बैठकले गरेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google