घट्यो अन्डाको मूल्य, यस्ताे छ नयाँ मूल्यसूची

दर्पण दैनिक ३० भाद्र २०८१,१७:१५
post

काठमाडौं । दुई साताभित्रै कुखुराको अन्डाको मूल्य घटेको छ । १३ भदौमा घटेर तय भएको मूल्य फेरि २९ भदौमा घटेको हो । नेपाल लेयर्स कुखुरा पालक संघका अनुसार अन्डा उत्पादन बढेसँगै मूल्य घटेको हो ।

यसअघि १३ भदौमा अन्डाको भाउ सबैभन्दा ठूलो (एक्सएल) ५ सय २५ र ठूलो (लार्ज) को प्रतिक्रेट ५ सय १० र मध्यम अन्डाको मूल्य ४ सय ३५ रुपैयाँ प्रतिक्रेट थियो ।

अब सबैभन्दा ठूलो (एक्सएल) ४ सय ६० रुपैयाँ र ठूलो (लार्ज) प्रतिक्रेट ४ सय ३० प्रतिक्रेट तय भएको छ । यस्तै मध्यम साइजको अन्डाको मूल्य ४ सय रुपैयाँ प्रतिक्रेट तोकिएको छ । संघका अनुसार अन्डा उत्पादन बढ्दा भाउ घटेको हो । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: