सिजि मोटर्सका गाडी किन्न कामना सेवा बैंकका ग्राहकले सुलभ तरिकाबाट कर्जा पाउने

दर्पण दैनिक २२ भाद्र २०८०,१८:०१
post

काठमाडौं । कामना सेवा विकास बैंकले सजि मोटर्स प्रालिसँग सम्झौता गरेको छ । विद्युतीय सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले शुक्रबार उक्त सम्झौता गरिएको हो । 

यस सम्झौतामा कामना सेवा विकास बैंकका तर्फबाट नायव कार्यकारी अधिकृत विनय दाहाल र सिजि मोटर्सको तर्फबाट कार्यकारी अधिकृत हेमन्त अग्रवालले एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

उक्त सम्झौता पश्चात सिजि मोटर्सका विद्युतीय सवारी साधन खरिद गर्न चाहाने ग्राहकहरुले कामना सेवा विकास बैंकबाट सरल तरिकाले सुलभ ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: