पूर्व वडाध्यक्ष नारायण केसीको निधन

सन्तोष दहाल ८ असार २०८२,१५:४६
post

सन्तोष दहाल, ललितपुर । ललितपुर महानगरपालिका वडा नं ४ का पूर्व वडा अध्यक्ष नारायण केसीको निधन भएको छ । ६५ वर्षीय केसीको आईतबार बिहान जावलाखेलस्थित अल्का अस्पतालमा निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ । 

सामान्य अवस्थामै रहेका केसी बिहान मर्निङ वाकबाट घर फर्केपछि घरको बगैँचामा पानी हाल्दै गर्दा एक्कासी ढलेका थिए । त्यसपछी तुरुन्तै उनलाई अल्का अस्पतालमा पुर्याएपछी अस्पतालले मृत घोषणा गरेको हो । २०७४ सालमा नेकपा एमालेको तर्फबाट ललितपुर महानगरपालिका ४ को वडाध्यक्षमा निर्वाचित भएका केसीको आइतबार नै पशुपति आर्यघाटमा दाहसंस्कार सम्पन्न भईसकेको छ । 

निधनपश्चात वडा नं ४ को वडा कार्यालय परिसरमा दिवंगत केसीको पार्थिव शरीरमा शिक्षामन्त्री रघुजी पन्त, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य, ललितपुर महानगरपालिकाका जनप्रतिनिधि, विभिन्न पार्टीका नेता कार्यकर्ता तथा वडावासी र केसीका आफन्तहरु उपस्थित भई श्रद्धाञ्जली अर्पण गरेका थिए । यसैगरी पार्टी जिल्ला अध्यक्ष पुरुषोत्तम आचार्यले पशुपति आर्यघाटमा उनलाई पार्टीको झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरे भने वडा कार्यालयमा पनि पार्टी पङ्क्ती श्रद्धाञ्जली अर्पण गर्न पुगेको थियो । 

केसीको निधनमा नेकपा एमाले ललितपुर जिल्ला कार्यालयले समेत गहिरो शोक व्यक्त गरेको छ । पार्टी जिल्ला अध्यक्ष  आचार्यले उनको निधनले पार्टीले  राजनीति र सामाजिक सेवामा निरन्तर समर्पित एक सच्चा र इमानदार सिपाही गुमाएको बताए । 

एमालेको जिल्ला कमिटी सदस्य समेत रहेका केसी विभिन्न समयमा पार्टीको ललितपुर ३ नं क्षेत्रीय कमिटिको सदस्य, सचिव,उपाध्यक्ष हुँदै जिल्ला कमिटिमा काम गरेका थिए ।

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: