'वानएक्स बेट'मा सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा चर्चित कलाकारसहित आठ जना पक्राउ

दर्पण दैनिक ३२ जेष्ठ २०८०,१४:१५
post

काठमाडाैं । प्रतिबन्धित अनलाइन बेटिङ एप ‘वानएक्स बेट’मा सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा नेपालका चर्चित कलाकारसहित आठ जना पक्राउ परेका छन् । 

प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कलाकार ‘बल्छी धुर्वे’ नामले चर्चित कलाकार मरिचमान श्रेष्ठ, राजु मास्टरले चिनिएका राजु पौडेल, म्याकुरी नामले चिनिएका पवन खतिवडालगायतलाई पक्राउ गरेकाे हाे । 

उनीहरूसँगै अलिस राई, जलन घर्तिमगर, गणेश देवकोटा, ढुेडु बुढोले चिनिएका सरोज घिमिरे, भटभटे माइलाको नामले चिनिएका बेगम नेपाली पनि पक्राउ परेका छन् । 

उनीहरूले अवैध ‘वानएक्स बेट’ खेल्न प्रोत्साहन गर्ने उद्देश्यले विज्ञापन प्रशारण गर्नेदेखि अभिनयसमेत गरेको खुलेको छ । प्रहरीले बुधबार वानएक्स बेट सञ्चानल गर्ने दिनेश खड्कासहित पाँच जनालाई प्रकाउ गरेको थियो । सोही अप्रेशनको निरन्तरता दिँदै प्रहरीले कलाकारलाई समेत पक्राउ गरेको हो । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: