पुस १५ यता अनिवार्य अवकाशमा जाँदै नेपाल प्रहरीका ३ एआईजी

दर्पण दैनिक ९ मंसिर २०८१,१३:५२
post

काठमाडौं । मंसिर महिनामा उमेरहदका कारण दुई अतिरिक्त महानिरीक्षक (एआईजी) अनिवार्य अवकाशमा जाँदैछन् । एआईजीको ५६ वर्षे उमेरहदका कारण एआईजी केदार ढकाल र भीम ढकाल अनिवार्य अवकाशमा जान लागेका हुन् । केदार ढकाल २२ मंसिरदेखि ५६ वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाने जनाइएको छ । अवकाशमा जानुभन्दा २ साता अघि मात्रै सरकारले डीआईजी केदार ढकाललाई एआईजीमा बढुवा गरेको थियो ।

त्यसको करिब एक सातापछि २८ मंसिरमा अर्का एआईजी भीम ढकाल पनि अनिवार्य अवकाशमा जाँदैछन् । भीमप्रसाद ढकाल २०८१ काे वैशाख अन्तिम साता प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका थिए । प्रहरी नियमावली २०७१ अनुसार प्रहरीको ३० वर्षे सेवा अवधि भए पनि उनीहरू एआईजीको ५६ वर्षे उमेर हदका कारण अनिवार्य अकाशमा जाने भएका हुन् ।

उनीहरूपछि एआईजी किरण बज्राचार्य पनि यही १४ पुसमा उमेरहदकै कारण अनिवार्य अवकाशमा जाँदैछिन् । उनीहरू सबै हालका आईजी वसन्तबहादुर कुँवरका ब्याची हुन् । उनीहरू २०५१ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।


 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: