
काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले केन्द्रीय प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार डीआईजी ढकाललाई नेपाल प्रहरीको केन्द्रीय प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
प्रहरी महानिरीक्षकको सचिवालका अनुसार नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारबाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चारमाध्यममा सम्प्रेषण गर्नका लागि प्रहरी नायब महानिरीक्षक ढकाललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो ।
ढकाल यसअघि कर्णाली प्रदेश प्रहरीको प्रमुखकारुपमा कार्यरत थिए । प्रधान कार्यालयमा सरुवा आएका उनले प्रवक्ताको जिम्मेवारी पाएका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google