
काठमाडौँ । प्रसिद्ध दोलखा भीमेश्वरको सिलामा दुई घण्टा देखि निरन्तर पसिना आएको छ । सिलामा पसिना आउँदा मुलुकमा अनिष्ट हुने सूचकका रुपमा हेरिने जनविश्वासका कारण राष्ट्र प्रमुख र सरकारले क्षमा पूजा पठाउने चलन छ ।
भीमेश्वर मन्दिरको गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत बहादुर श्रेष्ठका अनुसार शनिबार दिउँसो १:४७ देखि सिलाको बायाँ भागबाट निरन्तर पसिना बगिरहेको छ । पसिना आएको खबर पछि मन्दिरमा सर्वसाधारणको भिड लागेको छ ।
मानिसहरु मन्दिर भित्र पसेर घण्ट बजाइरहेका छन् । सिला एक्कासि चम्किलो भएर तप-तप बग्न सुरु गरेको पसिना दुई घण्टा देखि निरन्तर रहेको स्थानीयले बताएका छन् ।
सिलामा पसिना आउँदा अनिष्टको सूचकका रुपमा लिने जनविश्वास छ। अध्यक्ष श्रेष्ठले जिल्ला प्रशासन मार्फत सरकार र राष्ट्रपतिलाई खबर पुर्याइने जानकारी दिए।सिलाको पसिनालाई सेतो कपासले पुछ्ने चलन छ ।
पसिना पुछिएको कपास महाप्रसादका रुपमा राष्ट्र प्रमुख र सर्वसाधारणलाई पठाईने गरिन्छ । कपास राख्दा रोगब्याधी नलाग्ने, चिताएको कुरा पुग्ने विश्वास गरिन्छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google