बाढीपहिरोलगायत विपदमा परी हालसम्म ७० को मृत्यु, पाँच जना बेपत्ता

दर्पण दैनिक २५ असार २०८१,१४:५५
post

काठमाडौं । अविरल वर्षाका कारण आएको बाढीपहिरोलगायत विपदमा परी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् ।

 केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरोमा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिए । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


उक्त अवधिमा बाढीपहिरोका नौ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायाको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ ।

 उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढीपहिरोमा परिचालन गरिएको र रु नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: