काठमाडौं । काठमाडौं जिल्ला अदालतले राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश डण्डपाणि शर्माको इजलासले सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई थुनामा पठाउने आदेश भएको स्रेस्तेदार रामु शर्माले बताए ।
भेपभित्र सुन लुकाएर ल्याएको आरोपमा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको थियो । उनीमाथि आपराधिक विश्वासघात, भन्सार चोरी तथा संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा चलाउन माग गरिएको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google