
काठमाडौं । आज देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको बताएको छ । महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरू, कर्णाली प्रदेशको थोरै स्थानहरू र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा फाटफुटदेखि हल्का वर्षा भैरहेको छ । वर्षासँगै यी प्रदेशमा हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी जानकारी अनुसार सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने देशका मध्य तथा पुर्वी तराईका थोरै स्थानहरूमा हुस्सु लागेको छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google