राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने

दर्पण दैनिक १५ माघ २०७९,०९:२८
post

काठमाडाैं । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शुक्रबारको बैठकमा निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिएका छन् । संसद् सचिवालयका महासचिव भरत गौतमलाई निर्वाचन कार्यतालिका सार्वजनिक गर्न निर्देशन दिइएको छ । ‘माघ २३ गते दिनको ११ः५९ बजे बस्ने बैठकले उपाध्यक्ष निर्वाचित गर्नेछ,’ निर्देशनमा भनिएको छ । राष्ट्रिय सभा उपाध्यक्ष माओवादी केन्द्रको भागमा परेको छ। यसअघि पनि उक्त पार्टी कै उपाध्यक्ष थिइन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: