राष्ट्रपतिद्वारा पाँच देशमा गैरआवासीय राजदूत नियुक्त, कहाँ काे ?

दर्पण दैनिक १७ जेष्ठ २०८०,१९:३१
post

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन् । बुधबार राष्ट्रपति पौडेलले फिजी,अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीमा गैरआवासीय राजदूत नियुक्त गरेका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पौखरेललाई फिजी, ब्राजिलका आवासीय राजदूत निर्मलजराज काफ्लेलई अर्जेन्टिनाको गैरअवासीय र रुसका मिलनराज तुलाधर बेलारुसको गैरआवासीय राजदूतमा नियुक्त भएका हुन् ।

त्यस्तै, राष्ट्रपति पौडेलले डेनमार्कका डा.रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलाई टर्कीको गैरआवासीय राजदूतमा नियुक्त गरेका छन् ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: