थलीमा मृत भेटिएका कृष्ण : विगत १५ वर्षदेखि छोराछोरीसहित ट्याक्सीमै बस्दै आएका थिए

दर्पण दैनिक ८ जेष्ठ २०८१,१५:४६
post

काठमाडौँ । काठमाडौँको कागेश्वरी नगरपालिका-५ स्थित थलीमा मृत भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीका छोराले पनि आत्महत्या प्रयास गरेको खुलेको छ । 
कृष्णका छोरा रिचेनले जेठ ७ गते चोभार चाल्नाखेलमा ब्लेडले घाँटी काटेर आत्महत्याको प्रयास गर्दै गर्दा प्रहरीले उद्धार गरेको जनाइएको छ । प्रहरीका अनुसार कागेश्वरी-५ स्थित मिलनचोक ओरालोमा बन्दै गरेको सडकको पर्खाल नजिक कृष्णको शव आज बिहान फेला परेको थियो ।

प्रहरीका अनुसार नगरकोटी विगत १५ वर्षदेखि ट्याक्सी चलाउँदै आएका थिए । श्रीमतीले छाडेपछि उनी छोरी रश्मि र छोरा रिचेनसहित काठमाडौँको रवि भवन, गणेशथानमा कोठा लिएर बस्दै आएका थिए ।

ट्याक्सी चलाउँदै आएको भए पनि आर्थिक अभावमा उनीहरूले कोठा भाडा तिर्न नसकेपछि तीन महिनायता उनी छोराछोरीसहित ट्याक्सीमै बस्दै आएको प्रहरीले जनाएको छ । कृष्णका छोरा रिचेन र छोरी रश्मि दुवैको मानसिक अवस्था साधारण नदेखिएको प्रहरीले जनाएको छ ।

जेठ ७ गते बिहान १० बजे सेतोपुल नजिक ट्याक्सी बिग्रिएकाले मिस्त्री बोलाएर ल्याउँछु भन्दै कृष्णले २८ वर्षीया छोरी रश्मिलाई त्यही छोडी छोरा रिचेनलाई साथमा लिएर गएका थिए ।

पारिवारिक अवस्था, गरिबी लगायतले जिन्दगीबाट दिक्क भएर छोरासमेतलाई आत्महत्याका लागि मुखमा कपडा राखि ब्लेडले घाँटी काट्ने तरिका सिकाएर २ वटा ब्लेड र १२५ रुपैयाँ गाडी भाडा दिएर दक्षिणकालीको जंगलमा गई आत्महत्या गर्नु म पनि कुनै स्थानमा गएर आत्महत्या गर्छु भनि बाबुले पठाएको बयान प्रहरीसमक्ष छोरा रिचेनले दिएका छन् ।

रिचेनको घाँटीको बायाँ भागमा ७/८८ सेन्टिमिटर लामो ब्लेडले काटिएको डोब छ भने मृतक कृष्णको दाहिने हातको बुढीऔंला र चौर औंलाको रिडमा ब्लेडले काटेको देखिएको प्रहरीले जनाएको छ । कृष्णको शव नजिक ४ वटा ब्लेड र रिचेनको साथबाट २ वटा ब्लेड फेला परेको प्रहरीले जनाएको छ ।

बा १ ज ९६५ नंको ट्याक्सी र छोरी रश्मि नगरकोटीलाई खोजी गर्ने क्रममा सेतोपुल सडक खण्डमा ट्याक्सीभित्र बसिरहेको अवस्थामा उद्धार गरी जिल्ला प्रहरी परिसरमा राखिएको प्रवक्ता नवराज कार्कीले बताए । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको उनले बताए ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: