ललिता निवास प्रकरण : पक्राउ परेका सबैलाई धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंकाे आदेश

दर्पण दैनिक २४ भाद्र २०८०,१६:४९
post

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका एक जनाबाहेक सबैलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छाड्ने आदेश दिएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले १७ जनालाई धरौटीमा र एकजनालाई साधारण तारेखमा छोड्न आदेश दिएको हो । अदालतले भाटभटेनी सुपरस्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग २ करोड ४६ लाख धरौटी माग गरेको छ ।

ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न भएको अभियोगमा बहालवाला सचिव कृष्णबहादुर राउत, सहसचिव सुशील वैद्य, पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसमेत चार पूर्वमन्त्री, ६ पूर्वसचिवसहित ३११ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा भदौ १० गते मुद्दा दायर भएको थियो । यसमध्ये २१ जना मृत्यु भइसकेका व्यक्ति थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानपछि सरकारी वकिल कार्यालयले अभियोगपत्र अदालतमा पेश गरेको थियो ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: