
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दको राजीनामा फिर्ता भएको छ । राजीनामा रीतपूर्वक नभएको भन्दै फिर्ता गरिएको बताइएकाे छ ।
चन्दले शुक्रबार राजीनामा दिएका थिए । विमानस्थलमा कार्यरत प्रहरीले अध्यागमनका कर्मचारीमाथि हातपात गरेपछि बनाइएको छानबिन समितिले प्रहरीलाई दोषी देखाएपछि असन्तुष्ट बनेका चन्दले राजीनामा दिएका थिए ।
उनलाई १० दिन बिदा दिइएको प्रहरी प्रधान कार्यालय उच्च स्रोतले जानकारी दियो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google