एसएसपी योगबहादुर पालले दिए राजीनामा

दर्पण दैनिक १५ आश्विन २०८०,१३:२४
post

काठमाडौं । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले पदबाट राजीनामा दिएका छन् । कञ्चनपुरस्थित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहँदा उनले आफ्नै कार्यालयकी महिला कर्मचारीमाथि यौनदुर्व्यवहारको आरोप लागेकाे थियाे । उनी गएको असारमा निलम्बनमा परेका थिए ।

सोबारे प्रहरी प्रधान कार्यालयले छानबिन समिति नै बनाएको थियो । समितिले उनमाथि कारबाहीको सिफारिस गरेको थियो । पालले दिएको राजीनामा प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयमा पठाएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।   

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: