प्रधानसेनापति शर्मा शुक्रबारबाट बिदा बस्दै : सार्वजनिक गरे तीन वर्षे कार्यकालमा भए गरेका उपलब्धि

दर्पण दैनिक २४ श्रावण २०८१,०७:३६
post

काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्गठन प्रमुखका रूपमा आफ्नो तीन वर्षे कार्यकालमा भए गरेका उपलब्धि सार्वजनिक गरेका छन् । आगामी भदौ २४ गतेदेखि अवकाशमा जान लागेका प्रधानसेनापति शर्माले शुक्रबारदेखि घर बिदामा बस्न लागेको पूर्वसन्ध्यामा आज सकल दर्जालाई सम्बोधन गर्दै आफ्नो कार्यकालका उपलब्धिबारे जानकारी गराएका हुन् । आफ्नो कार्यकालका लागि निर्धारण गरिएका लक्ष्य र प्राप्त उपलब्धिको समीक्षा गर्दै प्रधानसेनापति शर्माले सदैव इमान्दारिता, वफादारिता, निःस्वार्थ भाव र निरन्तर परिश्रमलाई मूलमन्त्रको रूपमा अङ्गिकार गरी कार्य जिम्मेवारी पूरा गर्न निर्देशन दिए । उनले भने, ‘व्यक्तिगत स्वार्थभन्दा संस्थागत स्वार्थलाई शिरोपर गरी राष्ट्र तथा सङ्गठनको हितअनुरूप कार्य गर्नुहोला । भावी प्रधानसेनापतिलाई पनि मलाई जस्तै साथ र सहयोग मिल्ने विश्वास लिएको छु ।’

त्यस अवसरमा नेपाली सेनाले निर्माण जिम्मा लिएका विभिन्न पूर्वाधार आयोजनाको प्रगति अवस्थाबारे प्रधानसेनापति शर्माले जानकारी गराएका थिए । काठमाडौँ–तराई मधेस द्रुतमार्गका १२ वटा प्याकेजको ठेक्का कार्य सुरू भएको, नौ वटा सुरुङमार्गमध्ये चार वटाको ‘ब्रेक थ्रु’ भइसकेका, पहिलोपल्ट अग्ला पुलको निर्माण कार्य अगाडि बढेकोलगायत विवरण उनले प्रस्तुत गरे । 

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको प्रक्रियागत कार्य सम्पन्न भई भवन निर्माणको चरणमा गएको उनले जानकारी दिए । नेपाली सेनाले काम गरिरहेको कर्णाली करिडोरअन्तर्गत लालिबगर–दुल्लिकुन्ना ११ किलोमिटर खण्डको निर्माण कार्य सम्पन्न भई हुम्ला जिल्लाको सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको पनि प्रधानसेनापति शर्माले समीक्षा प्रतिवेदनमा उल्लेख छ । 

रक्षा मन्त्रालयको सुपरीवेक्षण तथा नेपाली सेनाको नेतृत्वमा दक्षिण एसियामा नै पहिलो पटक ‘पार्टनरसिप फर टेक्नोलोजी इन पिसकिपिङ’ सङ्गोष्ठी कार्यक्रममा सहभागी भएको, बहुराष्ट्रिय शान्तिकार्यसम्बन्धी अभ्यास गरेको तथा संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनका लागि अन्तर्राष्ट्रिय दिवसका अवसरमा सहभागी भएको उल्लेख गरे । शान्ति स्थापना कार्यमा नेपाली सेनाको सहभागिता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ बाराको जितपुरमा ‘पिसकिपिङ लजिस्टिक अपरेसन सेन्टर’ को स्थापना गरिएको, छाउनीस्थित वीरेन्द्र अस्पतालमा ‘मास क्याजुअल्टी ट्रिटमेन्ट सेन्टर’ को निर्माण कार्य अगाडि बढेकोलगायत कार्यप्रगतिको जानकारी प्रधानसेनापति शर्माले प्रस्तुत गरे । 

काठमाडौँ बाहिर स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यअनुरुप लुम्बिनी प्रदेशलाई लक्षित गरी बुटवलमा सैनिक अस्पताल निर्माण सम्पन्न भई सञ्चालनमा आएको, आत्मनिर्भर बन्दै जाने योजना अनुरुप नेपाली सेनालाई आवश्यक जुत्ताहरु, पञ्चु तथा पाल–सायर कारखाना निर्माण भई उत्पादन सुरु भएकोलगायत प्रगति विवरण उनले प्रस्तुत गरे ।

 स्नातक तहमा इञ्जिनियरिङ अध्यापनको लागि भक्तपुर जिल्लाको खरिपाटीमा नेपाली सेना इञ्जिनियरिङ अध्ययन संस्थानको भवन निर्माणका लागि शिलान्यास भएको, लुम्बिनी प्रदेशको बुटवलमा सैनिक आवासीय महाविद्यालय निर्माण भई शैक्षिक सत्र २०८१ बाट सञ्चालनमा आएको उनको समीक्षामा उल्लेख छ । नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकलदर्जाका फरक क्षमता भएका सन्ततिलाई उचित स्याहार तथा शिक्षा प्रदान गर्ने उद्देश्यले छाउनीमा ‘वरदान फरक क्षमता विद्यालय’ निर्माण भई २०८१ आसारबाट पठनपाठन सुरू भएकोलगायत विषय समीक्षा प्रतिवेदनमा छन् । 

सैनिक अस्पतालमा उपचार नहुने गम्भीर प्रकृतिका रोगको उपचारका लागि स्वास्थ्य बीमा सुविधा प्रदान गर्ने व्यवस्था गरिएको, अन्य हिताधिकारी सरह अधिकृत क्याडेट र शैन्यलाई पूर्ण स्वास्थ्य बीमा रु सात लाख प्राप्त गर्ने गरी आबद्ध गरिएको समीक्षामा उल्लेख छ । सैनिक सेवामा १० वर्ष पूरा गरेका श्रीमान्÷श्रीमतीको नाममा घर नरहेका बहालवाला सकल दर्जालाई सहुलियतपूर्ण ब्याजदरमा आफ्नै निजी आवास निर्माणको लागि रु २५ लाखसम्मको ऋण प्रदान गर्ने गरी ‘सैनिक सकलदर्जा सहुलियतपूर्ण आवास कर्जा २०७८’ कार्यान्वयनमा ल्याई लागू भएको प्रधानसेनापति शर्माले जानकारी दिए । 

कल्याणकारी कोषको आय बढाउन ‘फ्युल स्टेशन’ को संख्या बढाई विस्तार गर्ने योजनाअनुरूप २०८० सालमा इटहरीमा र सीतापाइलामा  पेट्रोल स्टेशन सञ्चालनमा आएका र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा सुविधा सम्पन्न आधुनिक भौतिक संरचनाको निर्माण भएको उनले उल्लेख गरे । आजै प्रधानसेनापतिले नेपाली सेनालाई विविध क्षेत्रबाट सहयोग पुर्‍याउने गैरसैनिक चार जना र सैनिक ५० जना सकल दर्जालाई एक समारोहका बीच ‘प्रधान सेनापति प्रशंसा निशान’ प्रदान गरे ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: