
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायब निरीक्षक (सई) सुबर्ण खड्का महिनाकाे उत्कृष्ट प्रहरी घोषित भएका छन् । पुस महिनाको लागि उपत्यका अपराध अनुसन्धाान कार्यालयले सबैभन्दा राम्रो काम गरेको भन्दै खड्कालाई सर्वोत्कृष्ट घोषणा गर्दै Best police of the month को उपाधीबाट सम्मानित गरेको हो ।
उक्त कार्यालयले उपत्यकाका तीन जिल्लामा घटित अपराधको अनुसन्धान एवं अपराध रोकथाममा आफ्नो भूमिका निर्बाह गर्दै आएको छ । खड्का कार्यालयको पिलर ८ मा कार्यरत छन् । उक्त पिलरले वैदेशिक रोजगार ठगी अपराधको अनुसन्धान एवं कारबाही गर्ने गर्दछ ।
पछिल्लोपटक भिजिट भिसामा बिदेश जाँदा कागजपत्र शंकास्पद भनी बिमानस्थलबाट फर्काइएका ब्यक्तिहरुका कागजात नक्कली बनाउने गिरोहलाई पक्राउ गर्न खड्काले महत्वपूर्ण भूमिका खेलेका थिए ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google