ललितपुरमा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी पूजा

दर्पण दैनिक ३१ श्रावण २०८१,१८:०१
post

काठमाडाैं । ललितपुर नगरको गल्ली गल्ली चोकचोकभित्र समेत पुगी करिब २००० देवी देवतालाई धूप, दियो, कपुर, पैसा, मिठाई लगायत सामग्री चढाउँदै गरिने कठिन यात्रा न्यकू जात्रा मतयाःको सम्पूर्ण तयारी पूरा भएको छ । आज पत्रकार सम्मेलन आयोजना गर्दै न्यकूजात्रा मतयाः संचालन मूल समारोह समिति क्षेत्र नं. १० नकबहिल टोलले यसबारे जानकारी गराएको हो । 

यस बर्ष भाद्रकृष्ण द्वितीया पर तृतीया अर्थात भाद्र ५ बुधवार परेको यो यात्रा नगरको चार दिशामा रहेको चार वटा थूर (अशोक स्तुप) परिक्रमाको क्रमलाई आधार बनाई बौद्धिक धार्मिक स्थलहरु देवालय, चैत्यालय, धर्मधातु, बागीश्वर परिक्रमा (लगभग १२ घण्टा) गरिने परम्परा हो । यात्रा विहान सबेरै (४ बजे) शुरु हुनेछ  । श्रद्धालु भक्तजनहरु नकबहिलमा भेला भइ यहीँबाट थालिने यस यात्राका पथ प्रदर्शन बज्राचार्य पुरोहित रहने गरेको छ भने सहभागीको अन्तमा आयोजक क्षेत्रको त्वाःम्वः (टोलका नाइके) ले निस्ला (पिण्डपात्रमा चामल, पैसा) तथा निस्लापाः (चिउरा, अदुवा, मिठाई) चढाउने परम्परा छ । सहभागीहरुको मध्यमा महादेवको उपस्थिति रहने परम्परा छ ।


नेपाल सम्वत अनुसार दशौं महिना गुंलाभरी विभिन्न बौद्ध धार्मिक परम्पराहरु संचालन हुने गरेको छ, जसमध्ये करिब ८५० बर्ष अघि लिच्छिवी राजा बालार्चन देवले जेष्ठवर्ण महाविहार तंगबहाः स्थापना गरेको उपलक्ष्यमा ललितपुर नगरमा थालेको मतयाः अर्थात दीपयात्रा परम्परा नेपालकै अद्धितीय सम्पदा मानिन्छ । 
    

कुम्भेश्वरमा नवबाजा बजाइ प्रारम्भ हुने मतयाः बौद्धकथामा आधारित भएपनि शिव र शिवगणको अनिवार्य उपस्थिति रहेको छ । विशेषतः परिवारजनको मृत्युबाट शोकमा परेकाको सहभागिता रहने यस यात्रामा श्रद्धाभावले जोकोही सहभागी हुन सक्छन् । आयोजना तथा सहभागिताको दृष्टिकोणले समावेशी यो पर्वलाई कूशल एवं अनुपम संस्कृति मान्ने गरिन्छ । 
    

भगवान बुद्धको ध्यान भङ्ग गर्न आएका स्कन्धमार, मृत्युमार, देवपुत्रमार, क्लेशमार, अभिसंस्कारमारमाथि विजय प्राप्त गरी बुद्धत्व प्राप्त गरेपछि ती मारहरु भगवान बुद्धकै शरणमा गएको गाईजात्राको दिनको भोलीपल्ट शरणस्वरुप श्रद्धाभावले गरिने यस यात्रा परम्परामा अजिव भेषभूषा एवं शैलीमा ख्यालः अर्थात हास्य ब्यङ्गात्मक प्रस्तुत गर्दै सहभागी हुने समूहहरु पनि हुन्छन् भने टोलटोलबाट बाजागाजा सहित समूहहरुको सहभागिता पनि रहन्छ । 
    

वाद्यवादन यस परम्पराको अर्को विशेषता हो । वाजा एवं वादन शैलीको अनुपम नमूना नवबाजा (धिमे, नाय्खिं, क्वँचाखिं, मगःखिं, नगरा, ढोलक, मृदङ्ग, झाँक्री बाजा, जोरानगरा, दह ब्याबाजा, खँजरी, दबदत, धाः, दमोखिं, नेकू, तिक्ली तथा पय्ताखिं) बाजा बजाउने गरिन्छ । यी बाजाहरु मध्ये धाः, न्यकू, दमोखिं, प्रमुख हुन् भने नेकू अर्थात सिङ बाजा (फुकेर बजाउने) कै नामबाट यस जात्रालाई न्यकू जात्रा अर्थात श्रृंगभेरी जात्रा भन्ने गरिएको हो ।
करिब ४०० बर्ष अघि भने मल्ल राजा सिद्धिनरसिँह मल्लले देशमा छाएको माहामारी तथा हाहाकार अन्त्य गर्न राजगुृरु बौद्ध बज्राचार्यहरुसँग सल्लाह गरी १० वटा टोलहरुले पालैपालो संचालन गर्ने जिम्मेवारीसहित नवबाजा बजाएर नगर परिक्रमाको चलनसहित थप ब्यवस्थित गरेका थिए । 


यस पर्वको सन्दर्भमा निम्न कथन रहेको छ । शशिपटन देशकी रानी सुलक्षणाले आफ्नो पति राजा सिंहकेतु मृत्युपश्चात् राँगोको रुपमा जन्मिएको तथा सो अवधिमा रानी सुलक्षणा सोही राँगो पालिराखेको घरमा ब्राम्हण पुत्रीका रुपमा जन्मिएकी थिइन् । उनले आफ्नो पूर्वजन्मको पति नै यो जन्ममा राँगो भइ जन्मिएको थाहा पाइन् । पछि राँगोको मृत्यु पश्चात दुई वटा सिङमध्ये एउटा नदी किनारमा गाडेर सो स्थानमा चैत्य निर्माण गरेको तथा अर्को सिङको बाजा बनाई सो बाजा (फुकेर) बजाउँदै चैत्य परिक्रमा गरेको उल्लेख छ । केही समय पश्चात उनकी पति सिँहकेतु राजा धर्मशिलका नामले प्रकट भएको मानिन्छ । 


न्यकू जात्रा अन्तर्गत नवबाजा प्रदर्शन तथा बोगी यात्रा सम्पन्न भइसकेको छ भने भाद्र २ गते साँझ  ६ बजे कुम्भेश्वरमा नवबाजा प्रस्तुति, भाद्र ५ गते नकबहिलमा भेला भइ विहान ४ बजे मतयाः (दीपयात्रा) आरम्भ, यही दिन विहान ११ बजे नकबहिलमै पूधाः बाजा निकाल्ने तथा दिउँसो १ बजे पाटन दरवारमा नवबाजा प्रस्तुति, भाद्र ६ गते विहान ११ बजे भेला भइ बुंगमतीमा नवबाजा बजाउने, भाद्र ७ गते विहान ११ बजे नकबहिलमै भेला भइ स्वयम्भूमा नवबाजा बजाउने, यही दिन साँझ ५ बजे गणेशपूजाको निमन्त्रणा तथा सूचना प्रवाह गर्ने परम्परा–नाय्खिं च्वयेकेगु, भाद्र ८ गते शनिवार दिउँसो १२ बजे नकबहिलमै भेला भइ गणेशपूजा (यात्रा) गर्ने, भाद्र ८ गते नै साँझ ७ बजे पुरस्कार तथा सम्मान अर्पण, पालो हस्तान्तरण तथा समापन कार्यक्रम हुनेछ ।
 

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: