
काठमाडाैं । प्रहरी नायब महानिरीक्षक (डिआईजी) कुबेर कडायतले लुम्बिनी प्रदेश प्रहरी कार्यालयकाे जिम्मेवारी सम्हालेका छन् । गृह मन्त्रालयको मिति २०८०।०९।२४ गतेको निर्णयानुसार नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्साल काठमाण्डौबाट सरुवा भएका डिआईजी कडायतले लुम्बिनी प्रदेश प्रहरी कार्यालयकाे कमाण्ड सम्हालेका हुन् ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा कडायतकाे स्वागत गरिएकाे छ, भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाण्डौ सरुवा भई जान लागेका प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमेशराज जोशीको फेरी भेटौंला कार्यक्रम सम्पन्न छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google