काठमाडौं । काठमाडौं महानगरपालिकाको नगरसभा बैठक स्थगित भएको छ। कार्यपालिका सदस्यहरू हिँडेपछि बैठक स्थगित हुन पुगेको हो । कार्यालिका ससदस्यहरू हिँडिदिएपछि मेयर बालेन्द्र साहले फेरि एक पटक सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।
नगरसभा स्थगित भएक आक्रोश उनले ठूला राजनीतिक दलका प्रतिनिधहरूमाथि पोख्न भ्याएका छन् । आर्थिक वर्ष २०८१/८२ का लागि गत जेठ ३२ गते प्रस्तुत वार्षिक नीति तथा कार्यक्रमबारे छलफल गर्न बोलाइएको नगरसभाको बैठक नेकपा एमाले र नेपाली कांग्रेसका जनप्रतिनिधिले बहिष्कार गरेर हिँडेपछि मेयर साह तनावमा परेका हुन् ।
नगरसभा बैठकअघि मेयर साहले वार्षिक नीति तथा कार्यक्रमबारे बोल्न चाहनेहरूलाई ५ मिनेटभित्र नाम टिपाउन भन्दै समय दिएका थिए । साहको उक्त निर्णयमा असहमति जनाउँदे एमाले र कांग्रेसका प्रतिनिधिहरूले बैठक बहिष्टकार गरिदिएपछि काठमाडौंको पन्ध्रौँ नगरसभाको दोस्रो बैठक असार १० सम्मलाई स्थगित गरिएको छ ।
कांग्रेस र एमालेको धङधङी बोकेर नआउन मेयर बालेनकाे चेतावनी
मेयर साहले एक पटक फेरि प्रमुख दलका नेताहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डमाथि प्रहार गरेका छन् । उनले तीनजना नेताले गर्दा १६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भएको जिकिरसमेत गरेका छन् ।
काठमाडौंको कुनै पनि नीति, योजनाबारे बन्द कोठामा छलफल नहुने तर्कसहित उनले ‘जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुने’ जिकिर गरेका छन् ।
‘यस्तै हुन्छ भनेर हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ । नगरसभामा सहभागीहरू कोही पनि कुनै दलको नेता र उपनेताका रुपमा हुँदैनन् । हरेक निर्णयमा १६० जनाको समान सहभागिता र स्वामित्व रहन्छ’, उनले भनेका छन्, ‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चाहिँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगर पालिकाले गर्दैन ।’
उनले काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस र एमालेको धङधङी बोकेर नआउन पनि जनप्रतिनिधिहरूलाई भनेका छन् ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google