काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले कविता लेखेका छन् । आज (शनिबार) उनले शीर्ष राजनीतिक दलका नेताहरूलाई व्यंग्य गर्दै सामाजिक सञ्जालबाट एउटा कविता सेयर गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल मनपर्ने बताउँदै उनले क्रमशः गोली, टोली र बोली मन नपर्ने बताएका छन् ।
यस्तो छ मेयर शाहको कविता–
मलाई नेता मनपर्दैन,
तिमीलाई नि त मनपर्दैन,
मलाई एउटा मन पर्दैन,
तिमीलाई यी त मनपर्दैन,
तिमीलाई केपी ओली मनपर्छ,
मलाई बोली मन पर्दैन,
तिमीलाई शेर बहादुर मनपर्छ,
मलाई टोली मन पर्दैन,
तिमीलाई प्रचण्ड मनपर्छ,
मलाई गोली मन पर्दैन।
शान्तिको दशै मनपर्छ, रगतको होली मनपर्दैन।
मलाई देश मनपर्छ,
तिमीलाई के मनपर्दैछ?










































































































































































































































































.jpg)















































































































































.jpg)














































































































































































.jpg)























































-1787461102.jpg)
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google