काठमाडाैं । सुन तस्करी सम्बन्धमा छानबिन गर्न गठित आयोगले सीआईबी प्रमुख किरण बज्राचार्यसहितलाई कारबाही गर्न सिफारिस गरेको छ । सुन तस्करीमा संलग्नतालाई कारबाहीको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोगाएको भन्दै आयोगले सीआईबीकी एआइजी बज्राचार्य अनुसन्धान समितिका संयोजक प्रहरी उपरीक्षक (एसपी) सञ्जय सिंह थापा, प्रहरी उपरीक्षक (डीएसपी)द्वय दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरेको हो ।
उनीहरूमाथि विभागीय कारबाही गर्न सिफारिस भएको हो । आयोगले गृहमन्त्रीलाई हिजो यो प्रतिवेदन बुझाएको थियो । सो जाँचबुझ आयोगको प्रतिवेदन गृहमन्त्री रवि लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्रीलाई बुझाएका थिए ।
छानबिन आयोगमा पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा गठन भएको थियो । आयोगमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज सदस्य छन् ।
सीआईबीले सुन तस्करीमा संलग्न नेतालाई जोगाउन खोजेको, सुन तस्करी विचौलिया जीवन चलाउनेको पूर्व आईजीपी सवेन्द्रनाथ खनालको संलग्नताबारे दिएको बयानको कागज च्यातेको सहितको आरोप सीआईबीमाथि छ । चलाउनेलाई उम्काउन बज्राचार्यको भूमिका रहको जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google