प्रतिनिधसभा सदस्य उपनिर्वाचन : तीनवटै क्षेत्रमा आज मतदान

दर्पण दैनिक १० बैशाख २०८०,०६:५०
post

काठमाडौं ।  प्रतिनिधिसभा सदस्यको आइतबार हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । बारा निर्वाचन क्षेत्र नं २, चितवन निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा हुने उपनिर्वाचनमा निधक्क भइ मतदान गर्न मतदाता समक्ष निर्वाचन आयोगले अपिल गरेको छ । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको मतदान केन्द्रमा उपस्थित भई मतदान गर्नुपर्नेछ । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आयोगले विशेष सजगता अपनाइएको आयोगको भनाइ छ । निर्वाचन हुने दिनभन्दा ४८ घण्टा प्रचारप्रसार निषेधको अवधि सुरु भइसकेको छ ।

यस अवधिमा आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, विशेष अनुगमन टोली र अनुगमन अधिकृतलाई खटाइसकिएको छ । मतदान कार्यमा खटिएका कर्मचारी एवं सुरक्षाकर्मीबाट समेत सूक्ष्म अनुगमन भइरहेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए । 

आयोगले मतदानका दिन सम्बन्धित जिल्लामा आवागमन र सवारी साधन सञ्चालनका लागि स्थानीय प्रशासनले तोकेबमोजिम हुने गरी गर्न निर्देश गरेको छ । मतदानका समयमा मौसमी प्रतिकूलताबाट हुनसक्ने प्रभावको पूर्वतयारीका लागि त्रिपाललगायत सामग्रीको बन्दोबस्त गर्न स्थानीय प्रशासन तथा स्थानीय तहलाई आवश्यक निर्देशन दिई सकिएको छ ।

मतदान सञ्चालन गर्न खटिएका मतदान अधिकृत र कर्मचारीलाई आफ्नो कर्तव्यपालन गर्न नदिने, बल प्रयोग गरी वा डर त्रास देखाई मतदान केन्द्र कब्जा गर्न खोज्ने, कुनै मतदातालाई बाटो वा गौडा छेकी मतदान केन्द्रमा जान नदिने, मतपत्र, मतपेटिका वा मतदान सामग्री खोस्न, लुट्न, नष्ट गर्न वा कब्जामा लिन खोज्ने, वादविवाद, हूलहुज्जत वा असमान्य परिस्थिति सृर्जना गर्ने वा गराउन खोज्ने जो कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाधरूपमा सम्पन्न गर्न सम्बद्ध निकायलाई आयोगले निर्देशन दिएको छ ।

आयोगले उपनिर्वाचन व्यवस्थापनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज र आमसञ्चारमाध्यमलगायत सबै सरोकारवालाहरूको सहयोग र सहभागिताबाट निर्वाचन सम्पन्न हुनेमा आयोग विश्वस्त लिएको छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: