एनआरएनएद्वारा कोशी प्रदेशमा मोबाईल ब्लड बस हन्तान्तरण

दर्पण दैनिक ३ माघ २०८०,२०:१४
post

काठमाडाैं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोशी प्रदेशको धरान रेडक्रस सोसाईटीलाई मोबाईल ब्लड बस हस्तान्तरण गरेको छ । धरानमा आज एक कार्यक्रम गरि गैरआवासीय नेपाली संघले सुनसरी जिल्ला शाखाद्वारा संचालित रक्तसंचार सेवा केन्द्र धरानको लागि ब्लड मोबाइल बस हस्तान्तरण गरेको हो ।  ७० लाख रुपैयाँको लागतमा खरिद गरिएको सो मोबाइल ब्लड बस संघका अध्यक्ष डा. बद्री केसी र कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले रेडक्रस सोसाइटी सुनसरीका अध्यक्ष उमेश थापालाई हस्तान्तरण गरेका हुन् । ब्लड बस हस्तान्तरणमा  कोशी प्रदेशका मुख्य मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरुलाई कोशी प्रदेशको समृद्धिको लागि सहकार्य गर्न आग्रह गरे । 

कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले कोशी प्रदेशमा लगानीका प्रशस्त सम्भवना रहेको बताउदै  समृद्ध कोशीको लागि लगानीका सम्भावित क्षेत्रमा सहकार्य गर्न  गैरआवासीय नेपालीहरुसंग मिलेर काम गर्न प्रस्ताव गरे । गैरआवासीय नेपाली संघले देशमा अफट्यारो  परेको बेला सहयोग गरेको स्मरण गर्दै विदेशमा रहेका नेपालीहरुबीच एकतामा हुनुपर्ने र  युरोप, अमेरिकामा बस्ने नेपालीहरु र मध्येपूर्वका देशमा बस्ने नेपालीबीच मतभेद हुन नहुने उनको भनाइ थियो ।


कार्यक्रमलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले नेपालमा लगानीको लागि गैरआवासीय नेपालीहरु सक्रिय रहेको बताउनुभयो । विदेशीहरुको लगानीभन्दा गैरआवासीय नेपालीहरुको लगानी दिगो हुने अध्यक्ष डा. केसीको भनाइ थियो । उनले कोशी प्रदेशको समृद्धिको लागि संघले पूर्वाधार लगायतका क्षेत्रमा गैरआवासीय नेपाली संघ सहकार्य गर्न तयार रहेको बताए ।

कार्यक्रममा संघका उपाध्यक्ष डा. हेमराज शर्माले  स्थापनाकालदेखि संघले १ अर्ब भन्दा बढीको परोपकारी कामको गरेको जनाकारी दिनुभयो । उहाँले संघले हस्तान्तरण गरेको बसले सडक दुर्घटनामा परेका नेपालीहरुको ज्यान जोगाउन ठूलो सहयोग पुग्ने बताए । उनले गैरआवासीय नेपालीहरुले विदेशमा सिकेको ज्ञान, सिप र प्रविधिलाई स्वदेशमा  भित्र्याउन  सक्रिय रहेको बताउनुभयो । डा. शर्माले गैरआवासीय नेपाली संघले नेपालमा लगानी, परोपकारी काम र विदेशमा बस्ने नेपालीहरुको हकहितको लागि आवाज उठाउने तीन मुख्य मुद्धालाई पिल्लरको रुपमा लिएर सोही दिसामा काम गर्दै आएको बताए ।


यसैगरि कार्यक्रममा गैरआवासीय नेपाली संघकी उपाध्यक्ष रोजिना प्रधानले गैरआवासीय नेपाली संघले हस्तान्तरण गरेको मोबाइल ब्लड बसले मानिसहरुको ज्यान बचाउन महत्वपूर्ण भूमिका हुने बताए । कार्यक्रममा प्रतिनिधि सभा पूर्व सांसद मीना सुब्बा,प्रदेश सांसद रामप्रसाद मेहता, यशोदा कायस्थ, भीम पराजुली, धरान उपमहानगरपालिकाका नगर उपप्रमुख हर्कराज राई, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, रेडक्रस सोसाईटीका उपमहामन्त्री मनोजकुमार थापा, नेपाली कांग्रेसका नेता राजीव कोइराला लगायतको उपस्थिति थियो ।


कार्यक्रममा संघका केन्द्रीय पदाधिकारीहरु, सल्लाहकारहरु अभियन्ताज्यूहरु,  प्रदेश सांसद, राजनीतिक दलहरुका प्रतिनिधि, धरान उपमहानगरपाललिकाका जनप्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी निकायका प्रमुख तथा सुरक्षा निकायका प्रमुखको उपस्थिति थियो । गैरआवासीय  नेपाली संघले बाँकी लुम्बिनी र  मधेश प्रदेशमा समेत मोबाइल ब्लड बस हस्तान्तरण गर्ने तयारी गरेको छ ।

सम्बन्धित खबर

post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: